Techie IT
आईतबार, वैशाख ७,२०८२

तिव्वत सँग सिमाना जोडिएको मकालु र भोटखोलाका १० हजार जनालाई कोरोना विरुद्धको खोप लगाईने


संखुवासभा –  संखुवासभा जिल्लाको मकालु र भोटखोला गाउँपालिकाका १८ वर्षमा माथीका सम्पुर्ण व्यक्तिहरुलाई कोरोना विरुद्धको खोप लगाइने भएको छ । तिव्वत सँग सिमाना जोडिएको मकालु र भोटखोलाका १० हजार जनालाई कोरोना विरुद्धको खोप लगाईने स्वास्थ्य कार्यालय संखुवासभाले जनाएको छ ।

चीन सरकारको सहयोगमा प्राप्त भेरोसिल्ड खोप तिव्वत सँग सिमा जोडिएका गाउँपालिकाका सबै नागरिकहरुलाई पहिलो चरणको खोप लगाउने तयारी भएको हो । पहिलो चरणमा मकालु गाउँपालिकामा असार १३ देखि १८ गते सम्म खोप सञ्चालन गरिने मकालु गाउँपालिकाका अध्यक्ष तेजबहादुर पोख्रेलले बताउनुभयो । कोरोनाबाट जोगिन मकालुका सबै नागरिकलाई अनिवार्य खोप लगाउन अध्यक्ष पोख्रेलले अनुरोध गर्नुभएको छ । अध्यक्ष पोख्रेलले भन्नुभयो – आफुलाई पायक पर्ने खोप केन्द्रमा उमेर खुल्ने प्रमाणपत्र सहित सबैलाई अनिवार्य सहभागि भई खोप लगाउन खवर गरेका छौं । मकालुमा २४ स्थानको खोप केन्द्रबाट खोप लगाउने तयारी भइरहेको छ ।

त्यसैगरी भोटखोला गाउँपालिकामा असार १३ देखि १५ गते सम्म खोप लगाउने कार्यतालिका रहेको छ । भोटखोलाको १९ स्थानमा खोप केन्द्र तय गरेको भोटखोला गाउँपलिका अध्यक्ष तेम्बा भोटेले जानकारी दिनुभयो । सिङ्गो गाउँपालिका वासीले एकै पटक कोरोना विरुद्धको खोप लगाउन पाउनु खुसीको खबर भएकाले सबै लक्षित नागरिकलाई अनिर्वाय सहभागी हुन अध्यक्ष भोटेले अनुरोध गरेका छन् । यस्तो अवसर फेरी प्राप्त नहुने भन्दै लक्षित सबै जनालाई खोप लगाउन भनिएको छ ।

भोटखोला र मकालुमा १८ वर्ष भन्दा माथिका नागरिकलाई कोरोना विरुद्धको खोप लगाउने भएको खोप लगाउन बाँकी कर्मचारी, सुरक्षाकर्मी, सम्पुर्ण शिक्षक सहित नागरिकलाई त्यस अभियानमा नछुट्न स्वास्थ्य कार्यालय संखुवासभाका प्रवक्ता रोषण श्रेष्ठले आग्रह गर्नुभएको छ । निशेधाज्ञाका कारण भोटखोला सम्म जान नसक्ने भोटखोला वासीलाई मकालुको नुममा खोप लगाउने व्यवस्था मिलाइएको श्रेष्ठले बताउनुभयो । जिल्ला भित्र रहेका भोटखोलाका नागरिकलाई खोप लगाउन जानका लागि स्थानिय सुरक्षा निकाय सँगको समन्वयमा नुम सम्म जान सहजीकरण गरिने प्रवक्ता श्रेष्ठको भनाई छ ।

यो अभियान पहिलो र अन्तिम भएकाले सबैलाई अनिर्वाय खोप लगाउन अनुरोध गरिएको छ । छुट भएकाका लागि फेरी खोपको व्यवस्था नहुने स्वास्थ्यले जनाएको छ । दोस्रो खोप पहिलो खोप लगाउनेको संख्याको आधारमा आउने बताइएको छ ।

अरुण संदेशबाट साभार


क्याटेगोरी : विशेष, समाचार, स्वास्थ्य
ट्याग : #संखुवासभा


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Fair
5:31 am6:33 pm +0545