थप २,४७६ जनामा कोरोना पुष्टि
नेपालमा पछिल्लो २४ घण्टामा थप दुई हजार ४७६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा १४ हजार ३५१ जनाको पिसिआर र एन्टिजेन परीक्षण गर्दा उक्त सङ्ख्यामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार नौ हजार ५८६ जनाको पिसिआर परीक्षण गर्दा एक हजार ७२१ र चार हजार ७६५ जनाको एन्टिजेन परीक्षण गर्दा ७५५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । त्यस्तै पछिल्लो २४ घण्टामा देशभर २७ जना सङ्क्रमितको मृत्यु भएको छ ।
हालसम्म आठ हजार ९४५ जना सङ्क्रमितको मृत्यु भइसकेको छ । त्यसैगरी पछिल्लो २४ घण्टामा देशभर पाँच हजार ४५५ जना सङ्क्रमित निको भएका छन् ।
नेपालमा कोरोना सङ्क्रमित निको हुने दर ९१ दशमलब ३ प्रतिशत रहेको छ । नेपालमा हालसम्म पाँच लाख ७६ हजार ४१३ जना सङ्क्रमित निको भइसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #कोरोना पुष्टि
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५काभ्रे कबड्डी लिग हुने, बिजेतालाई ३० हजार
- ६पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
- ७तारकेश्वरमा एक महिनादेखि प्रमुख प्रशासकिय अधिकृत नहुँदा जनताका आधारभूत काम ठप्प , भुक्तानी, ठेक्का सम्झौतादेखि बिषयगत शाखाका कर्मचारी टिक्नैसकेनन
- ८यात्रुवाहक बसमाथि फपिङ प्रहरीको निगरानी : रौतहटका युवा लागुऔषध सहित पक्राउ
तपाईको कमेन्ट लेख्नुहोस्