Techie IT
शनिबार, वैशाख ६,२०८२

कोरोना संक्रमितलाई संखुवासभा वितरक संघद्वारा पोसिलो आहार बितरण


संखुवासभामा संचालित कोभिड आईसोलेसन बस्दै आएका कोरोना सङ्क्रमितलाई संखुवासभा वितरक संघले पोसिलो आहार वितरण गरेको छ । सङ्घले चैनपुर आईसोलेसनमा ६३ जना, तुम्लिङटारमा ३५ जना र मानेभञ्ज्याङका ३६ जना सङ्क्रमितलाई पोसिलो आहार वितरण गरेको हो ।

आईसोलेसनमा उपचारत संक्रमितहरुलाई हर्लिक्स, काजुकिसमिस, बिस्कुट लगायतका सामग्री वितरण गरिएको वितरक संघका अध्यक्ष हिमाल श्रेष्ठले बताउनुभयो । वितरण कार्यक्रममा सङ्घका सचिव उमेश बस्नेत, कुमार श्रेष्ठ लगायत सदस्यहरू समेतको उपस्थिति थियो ।


क्याटेगोरी : समाचार
ट्याग : #संखुवासभा, #संखुवासभा वितरक संघ


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
18°
Partly Cloudy
5:33 am6:31 pm +0545