Techie IT
आईतबार, वैशाख ७,२०८२

हराइएका मोबाइलको खोजी गरी सम्बन्धि धनीलाई घरमै पुगी हस्तान्तरण गर्दै चितवन प्रहरी


चितवन । चितवन प्रहरीले विभिन्न समयहरुमा चोरी भएका तथा हराइएका मोबाइलहरुको खोजी गरेर सम्बन्धि धनीलाई घरमै पुगी हस्तान्तरण गरेको छ ।

विभिन्न समयमा हराईएका विभिन्न कम्पनीका मोबाईलहरु फेला पारी हिजो (बिहिवार) सम्बन्धित धनीलाई घरमै पुगेर हस्तान्तरण गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख (एसपी) ओम प्रसाद अधिकारीले जानकारी दिए ।

(एसपी) अधिकारीका अनुसार हराएको मोबाईलको आई.एम.ई नम्बरका आधारमा प्रहरीले तदारुकताका साथ खोजतलास गर्दै जाने क्रममा उनीहरुको मोबाईल फेला पारेको बताए । हामीले विभिन्न समयमा हराइएका मोबाईलहरुको सुक्ष्म ढंगले खोजतलास गर्ने क्रम्मा मोबाईल फेला पारेका हौं । (एसपी) अधिकारीले भने, हराइएका मोबाईलको सम्बन्धि धनीलाई घरमै पुगेर प्रहरीले हस्तान्तरण गर्दा आफुलाइ खुशी लागेको बताए ।

निषेधाज्ञाको समयमा आवतजावतमा गर्न समस्या हुने स्थानीयलाई मध्ययनजर गर्दै प्रहरीले निजहरुकै घरमै पुगेर मोबाईल हस्तान्तरण गरेको हो । आफ्ना हराएका तथा चोरी भएका मोबाइल भेटिएसंगै उनीहरुले प्रहरीको उच्च प्रशंसा गर्दै धन्यवाद समेत ब्यक्त गरेका थिए । पछिल्लो समय चितवन प्रहरीले अपराध नियन्त्रणमा आफ्नु सक्रियता बढाएसंँगै मोबाईल खोजतलासलाई समेत तीव्रता दिदै खोजी कार्यलाइ अघि बढाउदै आएको चितवन प्रहरीका प्रवक्ता सुर्य बहादुर थापाले जानकारी दिए ।


क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार, स्थानीय


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
24°
Partly Cloudy
5:32 am6:32 pm +0545