Techie IT
आईतबार, वैशाख ७,२०८२

चितवनमा खैरो हिरोइन सहित एक जना पक्राउ


चितवन । चितवन प्रहरीले प्रतिबन्धित लागूऔषध खैरो हिरोइन सहित एक जनालाइ पक्राउ गरेको छ । पक्राउ पर्नेमा खैरहनी नगरपालिका वडा नम्बर ६ जमौली बस्ने ३२ बर्षीया दिपक दंगाल रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार दंगालले आफ्नो घरमा लागूऔषध खैरो हेरोईन संचय गरी राखी बिक्री वितरण गर्ने गरेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय खैरहनीबाट खटिएको प्रहरीको टोलीले (मंगलबार) राती ९ बजे उनको कोठामा छापा मारेको थियो ।

छापा मार्ने क्रममा प्रहरीले उनको कोठाबाट लागुऔषध खैरो हेरोईन प्लाष्टिक सहित तौल गर्दा १२ ग्राम ७१० मिलिग्राम र प्लाष्टिक हटाई खैरो हेरोईन मात्र तौल गर्दा १० ग्राम २२० मिलिग्राम, दुइ थान मोबाइल तथा एक थान तराजु समेत बरामद गरेको छ । पक्राउ परेका दंगाल उपर लागूऔषध ऐन अन्तगर्तको मुद्दामा चितवन जिल्ला अदालतबाट म्याद अनुमती लिई थप अनुसन्धान गर्ने कार्य भईरहेको समेत जनाईएको छ ।


क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार, स्थानीय


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
26°
Partly Cloudy
5:32 am6:32 pm +0545