Techie IT
आईतबार, वैशाख ७,२०८२

खैरहनीबाट नगद ९२ हजार रुपैयाँँ सहित पाँच जना जुवाडे पक्राउ


चितवन । चितवन प्रहरीले खैरहनीबाट नगद ९२ हजार रुपैयाँँ सहित पाँच जना जुवाडेलाई पक्राउ गरेको छ ।

पूर्वी चितवनको खैरहनी नगरपालिका वडा नम्बर २ स्थित राप्ती अटो वर्कशपको माथिल्लो तलामा जुवा खेल भइरहेको भन्ने विशेष सुराकीको आधारमा ईलाका प्रहरी कार्यालय खैरहनीबाट खटिएको प्रहरीको विशेष टोलीले नगद ९२ हजार ६ सय ६५ रुपैयाँ सहित उनीहरुलाई पक्राउ गरेको जनाईएको छ ।

पक्राउ पर्नेहरूमा चन्द्र प्रसाद श्रेष्ठ, हरिशरण तिमिल्सिना, दिपेश बर्तौला, सन्दिप उप्रेती र सुदिप गिरी रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । पक्राउ परेकाहरुलाई अहिले हिरासतमा राखी थप अनुसन्धान गर्ने कार्य भइरहेको चितवन प्रहरीले जनाएको छ ।


क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार, स्थानीय


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
24°
Partly Cloudy
5:32 am6:32 pm +0545