Techie IT
आईतबार, वैशाख ७,२०८२

टोखा नगरपालिकाद्धारा मेलम्ची तथा हेलम्बु बाढी पिडितका लागि बिस लाख सहयोग


काठमाडौँ । टोखा नगरपालिकाद्धारा मेलम्ची तथा हेलम्बु बाढी पिडितहरुको राहत तथा उद्दारका लागि मेलम्ची र हेलम्बु नगरपालिकालाई बिस लाख रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरेको छ ।

टोखा नगरपालिकाको कार्यपालीकाको बैठकको निर्णबाट बाढीले भएको धनजनको क्षतिपछिको राहत तथा उद्धार कार्य गर्न मेयर प्रकाश अधिकारीले आज राहातको घोषणा गरेका हुन् ।

मेलम्ची नै काठमाडौंको पानीको प्रमुख स्रोत भएको र सोही स्थानमा विपद् पर्दा नगरपालिकाले सक्दो सहयोग गर्ने मेयर अधिकारीले बताए।

मंगलबार राति आएको बाढीका कारण मेलम्ची बजार बगरमा परिणत भएको छ। मेलम्ची र हेलम्बुका कयौं क्षेत्र डुबानमा परेका छन्। सयौं मानिस विस्थापित भएका छन् भने अर्बौंको क्षति भएको छ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #टोखा नगरपालिका, #हेलम्बु बाढी पिडितका लागि बिस लाख


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
21°
Mist
5:32 am6:32 pm +0545