खाँदबारी आइसोलेसनमा सातौं अन्तराष्ट्रिय योग दिवस मनाईयो

संखुवासभा : पतञ्जली योग जिल्ला समिति र जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र संखुवासभाको आयोजनतामा खाँदबारी नगरपालिका–९ मा रहेको आइसोलेसनमा सातौं अन्तराष्ट्रिय योग दिवस मनाइएको छ ।
योग अभ्यासले कोरोना संक्रमित विरामीहरुको स्वास्थ्य अवस्थाको सुधार गर्न सहयोग पुर्याउने योग प्रशिक्षक क्षितिज बरालले बताए । बिरामीहरुको मनोबल उच्च राख्ने उदेश्यका साथ योग अभ्यास सुरु गरिएको उनि बताउँछन् । कोठामा दिन विताई रहेका कोरोना पोजेटिभ विरामीलाई योग अध्यासले थप हौला प्रदान गरेको पतञ्जली योज समितिका अध्यक्ष तथा प्रशिक्षक बराले बताए । दिवसका अवसरमा जिल्ला समन्वय प्रमुख, प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख लगायतका जिल्लाका प्रमुख व्यत्तित्वहरुले संक्रमितहरु सँगै योग अभ्यास गर्दा उनिहरु थप हौसला थपेको छ । २४ दिन यता जिल्ला अस्पतालले सञ्चालन गरेको आइसोलेसनमा योग अभ्यास निरन्तर सञ्चालन गरिएको योग समितिले जानकारी गराएको छ ।
योग दिवस कार्यक्रममा जिल्ला समन्वय प्रमुख सुमन शाक्य, प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेल, जिल्ला प्रहरी प्रमुख डिएसपी नवराज मल्ल उपस्थीति रहेको थियो । त्यसैगरी खाँदबारी नगरपालिकाका उपप्रमुख डेगेस्वरी श्रेष्ठ, अस्पतालका निमित्त मेडीकल सुपरीटेन्डेण्ड डाक्टर सुन्दरश्याम झा, जिल्ला आयुर्वेद प्रमुख डाक्टर राम प्रभु चौधरी, लगाएतको उपस्थिति रहेको थियो । दिवसको अवसरमा जिल्ला आयुर्वेदले विभिन्न प्रकारका आयुर्वेद औषधी समेत विरण गरेको छ ।
क्याटेगोरी : समाचार, स्वास्थ्य
ट्याग : #संखुवासभा
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्