खाँदबारीमा सेफ्टीट्यांकीमा निस्सासिएर दुईजनाको मृत्यु

संखुवासभा – सङ्खुवासभाको खाँदबारी नगरपलिका–४ सेकाहामा सेफ्टी ट्याङ्कीमा निस्सासिएर बेहोस भएका दुई जनाको ज्यान गएको छ । सेफ्टी ट्याङ्कीको ढलान खोल्ने क्रममा ट्याङ्की भित्र छिरेका खाँदबारी–४ सेकाहाका ईश्वर राई र तारावीर गुरुङको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक कविन राईले बताउनुभयो ।
नरेश गुरुङको घरमा बनाइएको सेफ्टी ट्याङ्की भित्रको ढलान खोल्न भनेर सुरुमा ईश्वर राई ट्याङ्की भित्र पस्नु भएको थियो । तर, उहाँ बेहोस भएपछि तारावीर ट्याङ्की भित्र पस्नु भएको थियो । हिजो बेलुका ५ बजे दुवै जना सेफ्टी ट्याङ्कीमा बेहोस भएपछि उद्धार गरेर उहाँहरुलाई जिल्ला अस्पताल सङ्खुवासभामा लगिएको थियो ।
उहाँहरुको उपचारका क्रममा हिजो नै ज्यान गएको अस्पतालले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #संखुवासभा
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्