Techie IT
आईतबार, वैशाख ७,२०८२

नदी दोहन विरुद्ध आक्रमक बन्दै टाँडीका (डिएसपी) राना : २१ सवारी नियन्त्रणमा


चितवन । चितवनमा प्रहरीले अवैध रुपमा नदीजन्य सामाग्री उत्खनन गरी चोरी निकासी गर्ने २१ वटा सवारी साधनलाई नियन्त्रणमा लिएको छ । चितवनका प्रहरी प्रमुख (एसपी) ओम प्रसाद अधिकारीको निर्देशनमा ईलाका प्रहरी कार्यालय रत्ननगरले रत्ननगर नगरपालिकाको वडा नम्बर १४ र १६ स्थित कयर खोलामा नदीजन्य पदार्थहरुको उत्खनन गर्दै गरेको अवस्थामा ती सवारीसाधनलाई नियन्त्रणमा लिएको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय, चितवनले दिएको जानकारी अनुसार हिजो (शुक्रबार) कयर खोलाबाट अवैध रुपमा उत्खनन तथा चोरी निकासी गरिरहेको अवस्थामा उनीहरुलाई इलाका प्रहरी कार्यालय, टांँडीबाट प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाको कमान्डमा खटिएको प्रहरीको टोली नियन्त्रणमा लिईएको थियो ।


नदी दोहन भइरहेको बिषयमा (बुधबार) हेल्लो सरकार कक्षबाट गुनासो आएपछि जिल्ला प्रशासन कार्यालय चितवनले (बिहीबार) आवश्यक कार्वाहीको लागी जिल्ला प्रहरी कार्यालय चितवनलाई पत्राचार गरेसँगै टाँडी प्रहरी आक्रमक बनेको हो । सो, क्रममा दुई ट्रिपर, एक जेसिबी र १८ वटा ट्रयाक्टरलाई नियन्त्रणमा लिएको जनाइएको छ । उनीहरुलाई आवश्यक कारवाहीको लागि जिल्ला समन्वय समिति पठाईएको प्रहरीको भनाइ छ ।

नियन्त्रणमा लिइएको ट्याक्टर नम्बरहरु :
१. ना ७ प ४७३७
२. ना ६ त ३३८
३. लु ३ त ७८४१
४. ना ५ त ९०२९
५. ना ४ त ४०५८
६. ना ६ त २५१३
७. ना ५ त ७६१५
८. ना ५ त ३४७
९. लु ४ त २७६
१०. लु ४ त ५८००
११. ना ६ ख ५१८६
१२. ना ५ त ५१८
१३. ना ३ त ५१०५
१४. ना ६ त ९३१५
१५. ना ६ त ४४८३
तथा ३ वटा वनटेष्ट ट्याक्टरहरु

नियन्त्रणमा लिइएको ट्रिप्पर नम्बरहरु :
१. ना ८ ख ८५८७
२. ना ८ ख ३२४२

नियन्त्रणमा लिइएको जेसिबी नम्बर : 
१. प्रदेश २ ००१ क ३०५


क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार, स्थानीय


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
26°
Partly Cloudy
5:32 am6:32 pm +0545