Techie IT
शुक्रबार, वैशाख ५,२०८२

नदी दोहन विरुद्ध आक्रमक बन्दै टाँडीका (डिएसपी) राना : २१ वटा सवारी नियन्त्रण


चितवन । चितवनमा प्रहरीले अवैध रुपमा नदीजन्य सामाग्री उत्खनन गरी चोरी निकासी गर्ने २१ वटा सवारी साधनलाई नियन्त्रणमा लिएको छ । चितवनका प्रहरी प्रमुख (एसपी) ओम प्रसाद अधिकारीको निर्देशनमा ईलाका प्रहरी कार्यालय रत्ननगरले रत्ननगर नगरपालिकाको वडा नम्बर १४ र १६ स्थित कयर खोलामा नदीजन्य पदार्थहरुको उत्खनन गर्दै गरेको अवस्थामा ती सवारीसाधनलाई नियन्त्रणमा लिएको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय, चितवनले दिएको जानकारी अनुसार हिजो (शुक्रबार) कयर खोलाबाट अवैध रुपमा उत्खनन तथा चोरी निकासी गरिरहेको अवस्थामा उनीहरुलाई इलाका प्रहरी कार्यालय, टांँडीबाट खटिएको प्रहरीको टोली नियन्त्रणमा लिईएको थियो ।
जिल्ला प्रशासन कार्यालय चितवनले आवश्यक कार्वाहीको लागी जिल्ला प्रहरी कार्यालय चितवनलाई बिहीबार दिउँसो पत्राचार गरेसँगै टाँडी प्रहरी (शुक्रबार) आक्रमक बनेको थियो । (डिएसपी) इन्द्रबहादुर राना आफैंले नेतृत्व गरेकोमा त्यस समय एक ट्रिपर,एक जेसिबी र १८ वटा ट्रयाक्टरलाई नियन्त्रणमा लिएको जनाइएको छ । उनीहरुलाई आबश्यक कारवाहीको लागी जिल्ला समन्वय समिति पठाईएको प्रहरीको भनाइ छ ।
नियन्त्रणमा लिइएको ट्याक्टर नम्बर : 
१. ना ७ प ४७३७
२. ना ६ त ३३८
३. लु ३ त ७८४१
४. ना ५ त ९०२९
५. ना ४ त ४०५८
६. ना ६ त २५१३
७. ना  ५ त ७६१५
८. ना ५ त ३४७
९. लु ४ त २७६
१०. लु ४ त ५८००
११. ना ६ ख ५१८६
१२. ना ५ त ५१८
१३. ना ३ त ५१०५
१४. ना ६ त ९३१५
१५. ना ६ त ४४८३
तथा ३ वटा वानटेष्ट ट्याक्टरहरु
नियन्त्रणमा लिइएको ट्रिप्परहरु:
१. ना ८ ख ८५८७
२. ना ८ ख ३२४२
नियन्त्रणमा लिइएको जेसिबी : 
१. प्रदेश २ ००१ क ३०५

क्याटेगोरी : अपराध/सुरक्षा, फोटो फिचर, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार, स्थानीय


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Mostly Cloudy
5:33 am6:31 pm +0545