चितवनमा ट्रकको ठक्करबाट (एसपी) अधिकारी सहित ६ जना घाइते

चितवन । चितवनमा प्रहरीको गाडीलाइ ठक्कर दिदा प्रहरी प्रमुख (एसपी) ओमप्रसाद अधिकारी सहित ६ जना प्रहरी घाईते भएका छन् । नारायणगढ मुग्लिन सडकखण्ड अन्तर्गतको भरतपुर महानगरपालिका वडा नम्बर २९ स्थित गाईघाटमा मालबाहक ट्रकको ठक्कर बाट जीपमा सवार प्रहरी प्रमुख (एसपी) अधिकारी सहित ६ जना प्रहरी घाईते भएका हुन् ।
नारायणगढ मुग्लिन सडक खण्ड अन्तर्गत निर्माणधीन पुल तथा सडकको अवस्थाका बारेमा अनुगमन गरी फर्किएको प्रहरीको बा २ ज ३४७२ नम्बरको जीपलाई काठमाडौंतर्फ गईरहेको ना ६ ख ६०११ नम्बरको मालबाहक ट्रकले ठक्कर दिएको थियो । ठक्करबाट प्रहरीको गाडीमा सवार सवै प्रहरी घाईते भएको र उनीहरुको अहिले पुरानो मेडिकल कलेजमा उपचार भईरहेको चितवनका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले बताए ।
प्रमुख जिल्ला अधिकारी लामिछानेले भने, हामी मनसुन सुरु भएकोले विभिन्न ठाँउमा आफै सुरक्षा टोलीसहित निरीक्षण गर्ने अभियानमै थियौँ, मुग्लिन सडक र मुग्लिन पुलको अवस्थामा निरीक्षण गरेर फर्किदै थियौँ –एसपी साबको गाडी अगाडी थियो, एक्कासी ट्रकले हान्यो, धन्य केहि भएनन् ।
घाईते (एसपी) अधिकारीको टाउको, मुख र हातमा चोट लागेको छ भने, अन्य बाँकी ५ जना प्रहरीलाइ समेत चोट लागेको छ । घाईतेहरुको कलेज अफ मेडिकल साईन्सेस् शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) भरतपुरमा उपचार भईरहेको प्रहरीले जनाएको छ । ट्रकको ठक्करबाट प्रहरीको जीपको अगाडी भाग पूर्ण रुपमा क्षति भएको छ भने, ठक्कर दिने गाडी र चालक चितवन प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार, स्थानीय
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्