Techie IT
आईतबार, वैशाख ७,२०८२

टोखा चण्डेश्वरी अस्पताललाई वागमति प्रदेस सरकारको स्वास्थ्य सामाग्री सहयोग


टोखा चंडेश्वरी प्रदेस अस्पताललाई बागमती प्रदेस सरकारले  स्वास्थ्य सामाग्री सहयोग गरेको छ। काठमाण्डौ क्षेत्र नं ५ (२ ) बाट निर्वाचित प्रदेस सभा सदस्य दीपक निरौलाले उक्त सहयोग सामाग्री टोखा नगरपालिकाका प्रमुख प्रकास अधिकारीलाई हस्तान्तरण गरेका थिए।

अस्पताललाई अक्सिजन कन्सन ट्रेटर ,पन्जा ,स्यानीटाईजर  लगायतका सामाग्रीहरु हस्तान्तरण गरिएको थियो। एमाले बागमती प्रदेस संसदीय दलका मुख्य सचेतक समेत रहेका निरौलाले एक हप्ता भित्र थप मास्क ,पीपीई ,एन ९५ मास्क लगायतका हस्तान्तरण गरिने बताएका छन ।

काठमाण्डौ जिल्लामा प्रदेस अस्पतालका रुपमा विकास गरिएको टोखा चंडेश्वरी प्रदेस अस्पताललाई भौतिक ,प्राविधिक र अन्य विकासका लागि प्रदेस सरकारले विशेष सहयोग गर्ने बताउदै निरौलाले प्रदेसका अन्य अस्पतालहरुलाई पनि सहयोग गरीएको जानकारी दिएका छन।


क्याटेगोरी : समाचार
ट्याग : #टोखा चण्डेश्वरी अस्पताल


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Fair
5:32 am6:32 pm +0545