Techie IT
आईतबार, वैशाख ७,२०८२

ज्यान मार्ने उद्योग मुद्धाका फरार प्रतिवादी पक्राउ


चितवन । ज्यान मार्ने उद्योग मुद्धाका फरार प्रतिवादी लाइ चितवन प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका वडा नंम्बर १६ लालचोक बस्ने बर्ष ३५ को सन्तोष भन्ने सन्तलाल तामाङ रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

तामाङले गएको पौष १६ गते दिउँसो भरतपुर महानगर १६ भँगेरीथान बस्ने बर्ष ३९ को दुर्गा कुमाललाई बाटोमा हिंडिरहेको अवस्थामा चक्कुले टाउकोमा प्रहार गरी घाईते बनाएका थिए ।

त्यसपछि फरार रहदै आएका उनलाई हिजो बुधबार साँझ ७ बजे प्रहरीले पक्राउ गर्न सफल भएको हो । पक्राउ परेका उनलाई आज (बिहीबार) सम्मानित जिल्ला अदालतबाट हिरासतमा राख्न म्याद अनुमती लिई थप अनुसन्धान गर्ने कार्य भईरहेको प्रहरीले जनाएको छ ।


क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार, स्थानीय


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
24°
Partly Cloudy
5:32 am6:32 pm +0545