Techie IT
शनिबार, वैशाख ६,२०८२

एमाले एकजुट बनाउन स्थायी कमिटी बैठकको मोडालिटी तयार गरिदै


काठमाडौँ । नेकपा (एमाले)को संयुक्त स्थायी कमिटी बैठकका लागि अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले छलफलका लागि नेताहरुलाई बालुवाटार बोलाउनु भएको छ । छलफलमा महासचिव ईश्वर पोखरेल, नेताहरू सुवास नेम्वाङ, विष्णु पौडेल, प्रदीप ज्ञवाली र प्रधानमन्त्रीका सल्लाहकारलगायत रहेका छन्।

बालुवाटार स्रोतका अनुसार स्थायी कमिटी बैठकको मोडालिटी तयार पार्नका लागि नेताहरु जुट्नुभएको हो । माधवकुमार नेपालसहितका नेताहरुलाई समेट्ने गरेर साझा मोडालिटी तयार बनाएर बैठकको आह्वान हुनेछ । बैठक बस्नुअघि माधव नेपालपक्षसँग एक पटक बसेर सहमति गर्ने तयारी समेत रहेको छ । अब बस्ने स्थायी कमिटी बैठक २०७५ जेठ ३ को स्वरुपमा पदाधिकारीसहितको बैठक बस्नेछ ।

माधव नेपालपक्षले यसअघि प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरिएको हस्ताक्षर फिर्ता गर्नका लागि आगामी बस्ने बैठकमा प्रधानमन्त्रीले आह्वान गर्नुहुनेछ । यसअघि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले एमाले पार्टीलाई एकजुट बनाउनका लागि ६ बुँदे आह्वान गरिसक्नु भएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #नेकपा एमाले


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
17°
Fair
5:32 am6:32 pm +0545