खाँदबारी नगरपालिकामा ६३ देखि ६४ उमेर समुहकाले लगाए भेरोसेल खोप ( फोटो फिचर )

संखुवासभाको खाँदबारी नगरपालिकामा दुई दिनमा ३ सय बढीले चिनियाँ खोप ‘भेरोसेल’ लगाएका छन् । नगरपालिकाका ११ वटै वडामा खोप केन्द्र बनाएर नगरले यही जेठ २८ र २९ गते खोप लगाउने कार्यकम गरेको थियो ।
खाँदबारी नगरपालिकाले दोस्रोपटक ६३ देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई सुरु गरेको खोप अभियान कार्यक्रममा दुई दिनमा ३ सय ५६ जना सहभागी भएको नगरको स्वास्थ्य शाखाले जानकारी गराएको छ । खोप अभियानको पहिलो दिन २ सय ७५ जना सहभागी भएका थिए भने दोस्रो दिन ८१ जना सहभागी भएको स्वास्थ्य शाखाका प्रमुख दिलिप श्रेष्ठले जानकारी दिनुभयो ।
नगरपालिकाले खोप लगाउने कार्यसञ्चालन गर्दा नागरिकलाई सहज होस भनि २८ गते नगरको ११ वटै वडामा खोप कार्यक्रम संचालन गरेको थियो भने २९ गते जिल्ला अस्पताल खाँदबारीमा छुट भएका नागरिकलाई खोप कार्यक्रम गरिएको नगरको स्वास्थ शाखाले जनाएको छ ।
क्याटेगोरी : tags, फोटो फिचर, विशेष, समाचार, स्थानीय, स्वास्थ्य
ट्याग : ##कोभिड१९, #hot, #खाँदबारी नगरपालिका, #भेरोसेल खोप, #संखुवासभा
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्