Techie IT
आईतबार, वैशाख ७,२०८२

मादक पदार्थ सेवन गरी बिरामी बोक्ने एम्बुलेन्स चालक पक्राउ


चितवन । चितवनमा मादक पदार्थ सेवन गरी एम्बुलेन्स चलाउने चालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा लम्जुङ मध्य नेपाल नगरपालिका १० बस्ने २४ बर्षीया बिकास मजाकोटी रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार हिजो (बुधबार) साँझ सवा चार बजे नमुना सामुदायिक बिकास समिति लम्जुङको ग २ च २००२ नम्बरको एम्बुलेन्समा बिरामी लिएर जाँदै गरेका एम्बुलेन्स चालक मजाकोटीलाइ प्रहरीले पक्राउ गरेको हो ।

उनलाई प्रहरी चौकी जुगेडीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा एम्बुलेन्स सहित उनलाई नियन्त्रणमा लिईएको बताइएको छ । पक्राउ परेका मजाकोटीमाथि आवश्यक कार्बाही तथा अनुसन्धान गर्ने कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।


क्याटेगोरी : अपराध/सुरक्षा, विशेष, देश परदेश, समाचार, स्थानीय


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
26°
Fair
5:32 am6:32 pm +0545