चितवनमा लागूऔषध सहित एक महिला पक्राउ

चितवन । चितवनमा लागूऔषध कारोबार गर्ने एक महिला पक्राउ परेकी छिन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका वर्डा नम्बर १६ घर भई हाल सोही ठाउँको वर्डा नम्बर २ आदर्शनगरमा डेरा गरी बस्ने २५ बर्षीया एलिसा कुँवरलाई प्रहरीले प्रतिबन्धित लागूऔषध सहित पक्राउ गरेको हो ।
प्रहरीका अनुसार हिजो (मंगलबार) दिउँसो ३ बजे कुँवरको कोठामा खानतलासी गर्दा प्रतिबन्धित लागूऔषध डाइजेप लेखिएको ८४ एम्पुल, नुरफ्रिङ लेखिएको ८२ एम्पुल, फेनारगन लेखिएको ८१ एम्पुल गरी २४७ थान ट्याब्लेटसहित एक थान मोबाईल र सत्र हजार पाँचसय पच्चिस रुपैयाँ नगदसमेत बरामद गरेको जनाएको छ ।
पक्राउ परेकी कुँवरमाथि सम्मानित चितवन जिल्ला अदालतबाट म्याद अनुमती लिई थप अनुसन्धान गर्ने कार्य भईरहेको प्रहरीले जनाएको छ । उनलाई अहिले जिल्ला प्रहरी कार्यालय चितवनको हिरासतमा राखिएको छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार, स्थानीय
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्