Techie IT
शुक्रबार, वैशाख ५,२०८२

गोर्खा वेलफेयरद्वारा संखुवासभा जिल्ला अस्पताल स्वास्थ सामाग्री सहयोग


खाँदबारी – संखुवासभा जिल्ला अस्पताललाई गोर्खा वेलफेयर ट्रष्टले स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । वेलफेयरले मंगलबार एक कार्याक्रम विच १५ लाख ४२ हजार रुपैयाँ बराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको हो ।


कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि आवश्यक स्वास्थ सामाग्री अस्पताललाई उपलब्ध गराएको एरिया वेलफेयर सेन्टर खाँदबारीका अफिसर पूर्ण लिम्बुले जानकारी दिनुभयो । वेलफेयरले जिल्ला अस्पताललाई ५ वटा अक्सिजन कन्सनटेटर, तिन सय थान पिपिइ सेट लगायतका स्वास्थ्य सामाग्री हस्तन्तरण गरेको हो । गोर्खा वेलफेयर ट्रष्ट नेपाल ग्रामीण खानेपानी तथा सरसफाई कार्यक्रमको तर्फबाट १८ प्रकारका सामाग्री सहयोग गरेको छ ।

कोभिड दोस्रो भेरियन्ट नियान्त्रको लागि वेलफेयर ट्रष्टले गरेको सहयोग महत्वपुर्ण रहेको अस्पताल व्यवस्थापन समिति अध्यक्ष तथा जिल्ला समन्वय समिति प्रमुख सुमन शाक्यले बताउनुभयो । कोभिड संग लड्न र अन्य विरामी उपचारमा आवश्यक सामाग्री सहयोग गरेकोमा व्यवस्थापन समिति अध्यक्ष शाक्यले ट्रष्टलाई धन्यवाद दिनुभयो ।


क्याटेगोरी : tags, विशेष, समाचार, स्वास्थ्य
ट्याग : ##कोभिड१९, #गोर्खा वेलफेयर, #जिल्ला अस्पताल संखुवासभा, #लकडाउन, #संखुवासभा


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Partly Cloudy
5:34 am6:31 pm +0545