Techie IT
आईतबार, वैशाख ७,२०८२

जवरजस्ती करणी र कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ


चितवन । चितवनमा जवरजस्ती करणी र कर्तव्य ज्यान मुद्दाका दुइ जना फरार प्रतिवादीलाइ प्रहरीले पक्राउ गरेर अदालतमा बुझाइएको छ ।

सम्मानित पुनरावेदन अदालत हेटौंडाको फैसला बमोजिम जवरजस्ती करणीको मुद्दामा ६ वर्ष कैद सजाय तोकी फरार रहेका भरतपुर महानगरपालिका वडा नंम्बर १० बस्ने ३४ बर्षीया मिन बहादुर तामाङ तथा सम्मानित सर्वोच्च अदालतको फैसला बमोजिम कर्तव्य ज्यान मुद्दामा पाँच वर्ष कैद सजाय तोकी फरार भएका भरतपुर महानगरपालिका वडा नंम्बर ७ बस्ने ३५ बर्षिया उदेश बि.क लाई प्रहरीले पक्राउ गरेर अदालतमा बुझाइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

निषेधाज्ञाको समयमा प्रहरीले फरार प्रतिवादीलाइ खोजतलास कार्यलाइ तीव्रता दिएको प्रहरीले उनीहरुलाइ पक्राउ गरेर थप कार्वाहीको लागी अदालतमा बुझाइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।


क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार, स्थानीय


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
26°
Fair
5:32 am6:32 pm +0545