Techie IT
आईतबार, वैशाख ७,२०८२

केपी ओलीले एकताको ६ बुँदे प्रस्ताव गरेपछि माधव समूह आकस्मिक बैठक बस्दै


जेठ । प्रधानमन्त्रीसमेत एमालेका अध्यक्ष केपी ओलीले आन्तरिक एकताका लागि ६ बुँदे प्रस्ताव गरेपछि यस विषयमा संस्थागत धारणा बनाउन माधव नेपाल समूहले स्थायी कमिटी सदस्यहरूको आकस्मिक बैठक बोलाएको छ ।

नेपाल समूहको बैठक सोमबार बिहान ११ बजे भर्चुअलमा रूपमा बस्नेछ । ओलीले आइतबार साँझ पार्टीलाई २०७५ जेठ ३ पूर्वको अवस्थामा फर्काउने घोषणा गर्दै माधव नेपाल पक्षसमक्ष ६ बुँदे प्रस्ताव राखेर एकताका लागि आह्वान गरेका छन् ।

नेपाल समूहमा माधव नेपाल, झलनाथ खनाल, भीम रावल, वेदुराम भुसाल, जगन्नाथ खतिवडा, डा.विजय पौडेल, राजेन्द्र राई, रामकुमारी झाँक्रीलगायत नेता ओलीसँग सम्झौता गर्न हुन्न भन्ने पक्षमा छन् । योगेश भट्टराई, गोकर्ण विष्टलगायत नेता ओलीको प्रस्तावप्रति सकारात्मक देखिएका छन् । सुरेन्द्र पाण्डे, घनश्याम भुसाललगायत नेता मध्यमार्गमा उभिएका छन् । वेदुराम मुसाल, झाँक्री, खतिवडालगायतले त प्रस्ट रूपमा विरोध जनाएका छन् ।

आफ्नो समूहभित्रै फरक–फरक धारणा आएपछि एउटै संस्थागत धारणा बनाउन नेपाल समूहले स्थायी कमिटी बैठक राख्न लागेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : ##एमाले


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
16°
Mist
5:32 am6:32 pm +0545