Techie IT
शुक्रबार, वैशाख ५,२०८२

मनकामना धामको वृद्धाआश्रममा करिब ८५ हजारको खाद्यन्न सहयोग


संखुवासभाको खाँदबारी नगरपालिका वडा नं. ९ तुम्लिङटारको मनकामना वृद्धाआश्रम, गरुकुल तथा आश्रय लिईरहेकाहरुलाई खाद्यन्न सामाग्री सहयोग गरेको छ । नेपाली कांग्रेस संखुवासभाका सभापति दिपनकुमार श्रेष्ठको संयोजनमा प्राप्त रकम र तरुण दलका अध्यक्ष टकमान घले मार्फत प्राप्त खाद्यन्न सामाग्री हस्तान्तरण गरिएको हो ।

कारोना महामारीका कारण लकडाउन हुँदा विशेष समस्यामा परेको र सरोकारवाला निकायले वास्ता नगरेको भन्दै आश्रममा आश्रय भएकाहरुलाई खाद्यन्न सामाग्री हस्तान्तरण गरिएको नेपाली कांग्रेसका जिल्ला सभापति दिपन कुमार श्रेष्ठले बताए । मनकामना धामका पुजारी, मनकामना गुरुकुलका विद्यार्थी, शिक्षक तथा वृद्धाआश्रमका जेष्ठ नागरिकहरुलाई खाद्यन्न सामाग्री हस्तारण गरिएको हो । मनकामनामा रहेका ४८ जनालाई जनही एक बोरा चामल, दाल एक केजी र एक एक पोका तेल नुन हस्तान्तरण गरिएको हो ।

खाँदबारीमा जन्मिएका अमेरिकामा बसोबास गर्ने नेपाली जनसम्पर्क समितिका उपसभापति एवम् नेपाली कांग्रेस संखुवासभाका सल्लाहकार धर्मराज श्रेष्ठबाट ४० हजार, संखुवासभा अमेरिका जनसम्पर्क नेपाली कांग्रेसका बरिष्ठ उपाध्यक्ष महिपाल घिमिरेले २३ हजार १ सय ५ रुपियाँ पठाएको र नेपाल तरुण दल जिल्ला कार्य समितिका जिल्ला अध्यक्ष टकमान घलेबाट २१ हजार पाँच सय रुपियाँ गरि जम्मा ८४ हजार ६ सय ५ रुपियाँ बराबरको सामाग्री हस्तान्तरण गरिएको छ ।

हस्तान्तरण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी टेक नारायण पौडेल, प्रहरी नायव उपरिक्षक नवराज मल्ल, पत्रकार महासंघका अध्यक्ष इन्द्र गिरी लगायतको उपस्थिती रहेको थियो । हस्तान्तरण गर्दै जिल्ला सभापति दिपन कुमार श्रेष्ठ र तरुण दलका अध्यक्ष टकमान घलेले समस्यामा जोकोही परेपछि यस्ता सहयोगका लागि पहल तथा संयोजन गर्ने बताएका छन् ।


क्याटेगोरी : समाचार, स्थानीय
ट्याग : ##कोभिड१९, #संखुवासभा


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Partly Cloudy
5:34 am6:31 pm +0545