प्रेस काउन्सिल अध्यक्षमा बालकृष्ण बस्नेत नियुक्त

काठमाडौँ । सरकारले प्रेस काउन्सिल नेपालका अध्यक्षमा पत्रकार बालकृष्ण बस्नेतलाई नियुक्त गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार साँझ बसेको मन्त्रिपरिषद बैठकले बस्नेतलाई चार वर्षका लागि अध्यक्षमा नियुक्ति दिने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले जानकारी दिनुभयो ।
कानून व्यवसायीसमेत रहनुभएका बस्नेतले कान्तिपुर दैनिकमा लामो समय काम गर्नुभएको थियो ।
काउन्सिलका अध्यक्षमा नियुक्त भवानी बरालको नियुक्तिको योग्यता विवाद मुद्दा सर्वोच्च अदालतमा परेपछि कार्यवाहक अध्यक्षका रुपमा किशोर श्रेष्ठ र गोपाल बुढाथोकीले चलाउँदै आउनुभएको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #बालकृष्ण बस्नेत
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्