संखुवासभा जिल्ला अस्पतालमा आईसियु संचालनका लागि कुनिना शैक्षिक गुठिको सहयोग

संखुवासभा । पहाडी जिल्लामै पहिलो पटक जिल्ला अस्पताल संखुवासभामा आइसियू कक्ष सञ्चालन हुने भएको छ । आइसियू सञ्चालनका लागि विहिबार जिल्ला अस्पताल र गुठी विच सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।
जनशक्ति अभावमा सञ्चालनमा आउन नसकेको आइसियू कक्ष सञ्चालनका लागि कुनिना शैक्षिक गुठीले आर्थिक सहयोग गर्ने भएको हो । आईसियु कक्ष कुनिना शैक्षिक गुठीका अध्यक्ष तथा पूर्व–सभासद पासाङ शेर्पा र जिल्ला अस्पताल संखुवासभा बीच दुई पक्षीय संम्झौता भएको छ । जिल्ला अस्पताल व्यवस्थापन समितिले जति सक्दो चाँडो आइसियु सञ्चालनका लागि कन्सल्टेन्ट एनेस्थेसियोलोजिष्ट नियुक्ति गर्नका लागि कुनिना शैक्षिक गुठीले मासिक तीन लाख रुपैयाँ अस्पताललाई उपलब्ध गराउने संम्झौता गरिएको छ । आइसियु संचालनका लागि गुठीले उपलब्ध गराएको रकम अन्यत्र खर्च गर्न नपाइने गरि संम्झौता गरिए हो ।
विशेषज्ञ जनशक्ति ल्याउनका लागि गुठीले सहयोग गरेको गुठीका अध्यक्ष शेर्पाले बताउनुभयो । उँहाले भन्नुभयो –‘मुलुकमा दिनानुदिन मानिसहरु कोरोना भाइरसका कारण अकालमा ज्यान गुमाईरहेकाले आफुहरुले सक्ने सहयोग गरिएको छ ।’ विश्वभर नयाँ भेरियन्टको भाइरसका कारण दिनानुदिन मानिसहरुको अकालमा मृत्यू भइरहेको भन्दै कसैको अकालमा ज्यान नजाओस भन्ने उद्वेश्यले आफूहरुले आइसियू संचालनका लागि सहयोग गरेको अध्यक्ष शेर्पाको भनाइ छ ।
आवश्यक जनशक्तिका लागि गुठीले ६ महिनाका लागि १८ लाख रुपैयाँ उपलब्ध गराउने सहमती भएको अस्पताल ब्यबस्थापन समितिका अध्यक्ष तथा जिल्ला समन्वय समितिका प्रमुख सुमन शाक्यले बताउनुभयो । जिल्ला अस्पताल संखुवासभामा पछिल्लो समयमा धेरै सुधार र प्रगति भईरहेको छ । नयाँ–नयाँ उपकरणहरु जडान गरिरहेको जिल्ला अस्पतालमा दाताको सहयोगमा पूर्वी पहाडी क्षेत्रमा नै पहिलो पटक आइसियु संचालन ल्याउन लागिएको अध्यक्ष शाक्यले बताउनुभयो । २०३३ सालमा निर्माण भएको अस्पताल अहिले ५० वेड सञ्चालनमा रहेको छ । संखुवासभाको १० वटा स्थानीय तहको मात्रै नभएर छिमेकी जिल्ला भोजपुरका आधाभन्दा बढि भागका सेवाग्राही जिल्ला अस्पताल संखुवासभा आउने गरेका छन् ।।
क्याटेगोरी : विशेष, समाचार, स्वास्थ्य
ट्याग : #hot, #कुनिना शैक्षिक गुठि, #जिल्ला अस्पताल संखुवासभा, #संखुवासभा
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्