चितवनको कयर खोलामा तस्करहरुको रजाइँ, स्थानीय चिन्तित, प्रहरी – प्रशासन मौन

चितवन । पूर्वी चितवनको रत्ननगर र खैरहनीको सिमानामा रहेको कयर खोलाबाट अवैध रुपमा गिट्टी, बालुवाको उत्खनन हुने गरेको पाइएको छ । रत्ननगरको पिठुवा र खैरहनीको चैनपुरका स्थानीय युवाहरुले दिनहुँजसो खोलाबाट नदीजन्य पदार्थ ढुंगा, गिट्टी, बालुवाको उत्खनन गर्ने गरेको पाइएको हो ।
कोरोना महामारीलाइ नियन्त्रणमा लिन स्थानीय प्रशासनले बैशाख २० गतेदेखि जिल्लाभर निषेधाज्ञा जारी गरेको छ । तर, निषेधाज्ञाको बाबजुद पनि उनीहरुले यहाँबाट दैनिक जसो गिट्टी, बालुवाको उत्खनन गरिरहेका छन् ।
नदीजन्य पदार्थहरुको यसरी खुलेआमरूपमा उत्खनन हुने गरेको भएपनि प्रहरी र स्थानीय तहले भने खासै चासो नदेखाएको स्थानीयहरुको भनाइ छ । कोरोनाको बहानामा सर्वसाधारणलाइ घरमा थुनेर नदीजन्य पदार्थ ओसारपसारमा प्रहरी स्वयंले छुट दिइएको आरोप स्थानीयको छ ।
नजीकैको प्रहरीले समेत रोक्न नसक्नुले पनि उनीहरुको सेटिङ राम्रै रहेको आंकलन गर्न सकिन्छ, एक स्थानीयले भने, उत्खनन कार्य बन्द गराउनु प्रहरीको पनि कर्तव्य हो । तर, प्रहरी स्वयंले नै देखेंर पनि नदेखे झैँ गर्छन्, कस्तो बिड्म्बना ? उनलेे भने । पुल नजिकबाट जेसिबीको प्रयोग गरेर धमाधम ग्रावेल निकाल्ने काम हुँदै आएपनि स्थानीय तह समेत टुलुटुलु हेरेर बस्ने गरेको स्थानीय बताउँछन् ।
जिल्ला समन्वय समितीले ढुगा, गिटी ग्राभेल बालुवा बिक्री कर संकलन ठेक्का बन्दोबस्त सम्बन्धी सुचनाको ११ नम्बर बुदामा ढुगां गिटी बालुवाको उत्खन्न तथा निकासीमा स्वीकृत आई ई ईमा व्यवस्था वमोजिम औजारको प्रयोग गर्न सकिने उल्लेख गरेको छ ।
आई.ई.ई मा व्यवस्था गरिएको औजारमा मेसिन उल्लेख नभएको र मेसिनको प्रयोग खोलामा गर्न नपाईने उल्लेख छ । तर, ठेकदारहरुले नियम विपरीत मेसिनको प्रयोग गरेर धमाधम ग्रावेल उत्खनन गरिरहेको छ ।
कयरको राजमार्गपछिको दोश्रो पुलको ५ सय मिटर उत्तरा खण्ड नदीजन्य पदार्थ निकाल्न पर्नेमा यतिवेला ठेकेदार र तस्कारहरुले पुल भन्दा दक्षिण र उत्तर तर्फ ३ देखि ४ वटा बढी एक्साभेटर प्रयोग गरिएको सजिलै देख्न सकिन्छ । खैरहनी नगरपालिकाकै संरक्षणमा उनीहरुले जेसिवी नै लगाएर ग्रावेल निकालेको भए पनि कार्वाही गर्ने अधिकारी भने यतिखेर रमिते भएर बसेका छन् ।
क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार, स्थानीय
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्