Techie IT
आईतबार, वैशाख ७,२०८२

प्रतिबन्धित औषधीको कारोबार गरेको आरोपमा दुइ जना पक्राउ


प्रतिबन्धित औषधीको कारोबार गरेको आरोपमा चितवन प्रहरीले मेडिकल संचालक सहित २ जनालाइ हिजो (सोमबार) पक्राउ गरेको छ । भरतपुर महानगरपालिका वडा नंम्बर २ पोखरा बसपार्कमा रहेको सत्य भगवती मेडिकल हलका सञ्चालक २९ बर्षिया अभिषेक थापाले प्रतिबन्धित औषधी बिक्री बितरण गरिरहेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीको विशेष टोलीले मेडिकल सञ्चालक थापा सहित खरिद गर्ने भरतपुर महानगरपालिका २ बस्ने १८ बर्षिया आशिष तिवारीलाई पक्राउ गरेको हो ।

उनीहरुको साथबाट प्रहरीले ट्रमा ६८० ट्याब्लेट, अनारगन लेखेको १ हजार १० ट्याब्लेट, ट्रुप्रिन ८१ ट्याब्लेट गरेर एक हजार सात सय एकहक्तर थान ट्याब्लेट बरामद गरेको जनाएको छ ।

पक्राउ परेका दुबैलाइ थप अनुसन्धान तथा आवस्यक कारबाहीको लागी औषधी व्यवस्था बिभाग शाखा कार्यालय बिरगञ्ज बुझाईएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख (एसपी) ओम प्रसाद अधिकारीले जानकारी दिए ।


क्याटेगोरी : अपराध/सुरक्षा, विशेष, देश परदेश, समाचार, स्थानीय


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
26°
Fair
5:32 am6:32 pm +0545