Techie IT
शनिबार, वैशाख ६,२०८२

‘मेरो नेपाल’ नामक फेसबुक पेज अभियानबाट सहयोग गर्ने क्रम जारी


काठमाडौं । ‘मेरो नेपाल’ नामक फेसबुक पेज अभियानबाट लकडाउनमा अप्ठेरोमा परेका वर्गलाई सहयोग गर्ने क्रम जारी छ ।

यही क्रममा सोमबार गोँगबु, धुम्बाराही, मैतिदेवी, कालोपुलका विपन्न तहका घर परिवारलाई खाद्यान्न सामाग्री वितरण गरिएको अभियन्ता शोभा सापकोटाले खुलानेपाल डट कमलाई जानकारी दिनुभयो । ती क्षेत्रमा २५ घरपरिवारलाई सहयोग गरिएको हो ।
गत विहीवार पनि ४० घर परिवारलाई राहत वितरण गरिएको थियो ।

हाल अमेरिका बस्ने ‘मेरो नेपाल’कै अभियन्ताहरु सुशील पँगेनी र किरण ढकालको आर्थिक सहयोगले राहत वितरण गरिएको हो ।
नेपाली जहाँ रहेपनि नेपालमा परेको अप्ठेरोमा सघाउन हातेमालो गर्ने उद्धेश्यले यो अभियान सुरु भएको हो ।

नेपालमा पँगेनीको पोखरा र ढकालको घर बुटवल हो । दुवै जनाले अमेरिकामा भइरहेको एनआरएनए चुनावको खर्च जोहो गरेर नेपालमा सहयोग पठाएको जनाइएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #‘मेरो नेपाल’


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
23°
Mostly Cloudy
5:33 am6:31 pm +0545