Techie IT
आईतबार, वैशाख ७,२०८२

लागूऔषध तथा मोटरसाईकल चोरीमा प्रयोग गर्ने एलएङकी सहित चार जना पक्राउ


चितवन । चितवन प्रहरीले लागूऔषध तथा मोटरसाईकल चोरहरुले प्रयोग गर्ने एलएङकी सहित चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मकवानपुर हेटौडा उपमहानगरपालिका ११ बस्ने २३ बर्षिया बिजय प्रसाद चौलागाई, सोही ठाउँ बस्ने २४ बर्षिया सन्तोष बिंडारी, वर्डा नम्बर ३ बस्ने ३६ बर्षिया अर्जुन मोक्तान र बारा जितपुर सिमरा उपमहानगरपालिका २२ बस्ने ३६ बर्षकै सुर्यमान वाईवा रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

चितवनका प्रहरी प्रमुख (एसपी) ओम प्रसाद अधिकारीका अनुसार प्रहरीको नियमित गस्तीको टोलीले उनीहरुलाइ खैरहनी नगरपालिका ९ स्थित सिमलटाँडीबाट पक्राउ गरेको हो ।

(एसपी) अधिकारीले भने, हिजो आइतबार साँझ साँढे सात बजे गस्तीमा खटिएको प्रहरीको टोलीले उनीहरु सवार ना १४ प ३३२३ र ग १ प २७८५ नंम्बरको मोटरसाईकल लाइ रोकि चेकजाँच गर्ने क्रममा लागूऔषध नाइट्रेजापाम १७५ ट्याब्लेट सहित मोटरसाईकल चोरहरुले प्रयोग गर्ने एलएङकी २ थान सहित मोटरसाइकल बरामद गरिएको बताए । पक्राउ परेकाहरुलाइ हिरासतमा राखी थप अनुसन्धान गर्ने कार्य भइरहेको चितवन प्रहरीले जनाएको छ ।


क्याटेगोरी : अपराध/सुरक्षा, विशेष, देश परदेश, समाचार, स्थानीय


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
26°
Fair
5:32 am6:32 pm +0545