Techie IT
आईतबार, वैशाख ७,२०८२

कोभिडविरुद्धको खोप लिन नेपाल एयरलाइन्सको जहाज चीन जाँदै


काठमाडौं । नेपाल एयरलाइन्सको चार्टर विमान आज बेइजिङ जाने भएको छ । चिनियाँ राष्ट्रपति सी चिनफिङले सहयोग गरेको खोप लिन विमान बेइजिङ उड्न लागेको बताइएको छ ।

नेपाल वायु सेवाका महाप्रबन्धक डिमप्रकाश पौडेलले चीनले दिन लागेको खोप लिन विमान सोमबार बेइजिङ जान लागेको जानकारी दिनुभयो । उहाँका अनुसार तौल बढी नभएको खण्डमा ८ लाख डोज खोप ल्याउने तयारी गरिएको छ ।

विमानस्थलको उडान तालिका अनुसार राति ११ बजे बेइजिङको लागि उड्ने उक्त विमान मंगलबार दिउँसो साढे २ बजे खोप लिएर फर्किने पौडेलले जानकारी दिनुभयो ।

गत बुधबार राष्ट्रपति विद्यादेवी भण्डारी एवं अन्य विभिन्न राजनीतिक दलका प्रतिनिधिसँगको संयुक्त छलफलमा चिनियाँ राष्ट्रपति सीले नेपाललाई १० लाख डोज खोप दिने घोषणा गर्नु भएको थियो ।


क्याटेगोरी : समाचार
ट्याग : #खोप


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
21°
Fair
5:32 am6:32 pm +0545