मकालु हिमालको आधार शिविरबाट फोहोर संकलन (फोटोफिचर)
शिविरबाट ६ हजार ६०७ किलोग्राम फोहोर संकलन

संखुवासभाको मकालु गाउँपालिकामा पर्ने विश्वको पाचौ हिमशिखर मकालु हिमालबाट साढे ६ हजार किलोग्राम फोहोर संकलन गरिएको छ । नेपाल सरकारको ‘सफा हिमाल अभियान २०२१’ अन्तर्गत नेपाली सेनासहितको टोलीले फोहोर संकलन गरिएको छ।
मकालु हिमालको आधार शिविरबाट ६ हजार ६०७ किलोग्राम फोहोर संकलन गरेको टोलीमा सहभागी नेपाली सेनाका मेजर रुपकजंग थापाले जानकारी दिनुभयो । हिमाल भावी सन्ततिका लागि जोगाउन सरकारले अभियान चलाएको मेजर थापाको भनाइ थियो । टोलीले मकालु हिमालको ७ हजार ४०० मिटर उचाईसम्मको फोहोर संकलन गरेको जनाएको छ । फोहोर हेलिकप्टरमार्फत मकालु गाउँपालिकाको केन्द्र नुम ल्याइएको थापाले बताउनुभयो ।

फोहोर संकलन गर्न नेपाली सेनाका १० र पिक प्रमोसन एजेन्सीका २४ जनाको टोली गत वैशाख १२ गते मकालु हिमालको आधार शिविर पुगेको थियो । टोलीले जेठ ११ गतेसम्म मकालु हिमालको पहिलो, दोस्रो, तेस्रो र चौँथो क्याम्पमा फोहोर संकलन गरेको थियो ।

यस्तै, सफा हिमाल अभियान अन्तर्गत मकालु, सगरमाथा, ल्होत्से, पुमोरी, धौलागिरि, आमादब्लम हिमालको सरसफाई गरेको टोलीले जनाएको छ। सगरमाथा र ल्होत्से हिमालको जेठ १५ गतेसम्म फोहोर संकलन हुने टोलीले जनाएको छ। ‘सफा हिमाल अभियान २०२१’ अन्तर्गत फोहोर संकलन टोलीले मकालु हिमालबाट चार हजार आठ सय ८२ किलोग्राम नकुहिने फोहोर र १७ सय २५ किलोग्राम कुहिने फोहोर संकलन गरेको थियो ।

गाउँपालिका अध्यक्ष तेजबहादुर पोख्रेलललाई १७ सय २५ किलोग्राम कुहिने, जल्ने र सड्ने फोहोर बुझाएको टोलीमा सहभागी मेजर थापाले जानकारी दिनुभयो । नेपाल सरकारले हिमाल सफाइका लागि नेपाली सेनालाई वातावरण मन्त्रालयबाट १२ करोड ५० लाख रुपैयाँ विनियोजन गरेको छ ।



क्याटेगोरी : वातावरण-कृषि, विशेष, समाचार
ट्याग : #मकालु हिमाल, #संखुवासभा
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्