चितवन प्रहरीको सक्रियता : २७० केजी लागूऔषध गाँजा सहित ट्रक र चालक प्रहरी नियन्त्रणमा

चितवन । चितवनमा ठुलो परिमाणमा अबैध लागूऔषध (गाँजा) सहित एक जनालाइ प्रहरीले पक्राउ गरेको छ ।
भारतीय ट्रकमा लुकाइछिपाइ गाँजा ओसारपसार गर्दै गरेको भन्ने बिशेष सुराकीको आधारमा ईलाका प्रहरी कार्यालय भण्डाराबाट प्रहरी निरीक्षक राजीव गिरी र ईलाका प्रहरी कार्यालय खैरहनीबाट प्रहरी निरीक्षक सुवास भट्टको कमाण्डमा खटिएको प्रहरीको बिशेष टोलीले आज (बिहीबार) बिहान पौने ३ बजे राप्ती नगरपालिका १ स्थित प्रहरी बिट लोथर नजिकबाट पक्राउ गर्न सफल भएको चितवनका प्रहरी प्रमुख (एसपी) ओम प्रसाद अधिकारीले जानकारी दिए ।
प्रहरी स्रोतका अनुसार राती ११ बजे सूचना प्राप्त भए पश्चात दुवै इलाकाका कमान्डरहरु खटिएका थिए । सोही क्रममा शंकास्पद अवस्थामा रोकिराखेको एन एल ०१ एन ५८६७ नम्बरको भारतीय ट्रकलाइ नियन्त्रणमा लिन खोज्दा लोथर तर्फ भाग्दै जाँदा ईलाका प्रहरी कार्यालय भण्डाराको टोलीले नियन्त्रणमा लिइएको थियो । नियन्त्रणमा लिइएको उक्त ट्रक चेकजाँच गर्दा अन्दाजी २७० के.जी लागूऔषध (गाँजा) सहित बरामद गरिएको प्रहरीले जनाएको छ । त्यस्तै, ट्रकमा सवार भारत बिहार पुर्वी चम्पाचरण घर भएका अन्दाजी २५ बर्षिया पिन्टु कुमारलाई पनि पक्राउ गर्न प्रहरी सफल भएको जनाइएको छ ।
पक्राउ परेका पिन्टु कुमारमाथि थप अनुसन्धान गर्दै जाँदा उनलेे गाँजा बीरगंज हुँदै भारततर्फ लैजान लागेको भन्ने प्रहरीकोे प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको (एसपी) अधिकारीले जानकारी दिए । उक्त घटनामा अन्य संलग्न व्यक्तिहरुको समेत आवश्यक अनुसन्धान गर्ने कार्य भईरहेको चितवन प्रहरीले जनाएको छ । पक्राउ परेका उनलाई लागुऔषध कसुरमा सम्मानित चितवन जिल्ला अदालतबाट म्याद अनुमति लिई इलाका प्रहरी कार्यालय खैरहनीबाट थप अनुसन्धान गर्ने कार्य भईरहेको समेत (एसपी) अधिकारीले जानकारी दिए ।
क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार, स्थानीय
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्