Techie IT
आईतबार, वैशाख ७,२०८२

ट्रिपर तोडफोड गरेको आरोपमा दुइ जना पक्राउ


चितवन । नारायणी नदी उत्खनन गरिएको भन्दै  ट्रिपरहरुमाथि तोडफोड गर्ने दुइ जनालाई चितवन प्रहरीले  बिहीबार पक्राउ गरेर सार्ववजनिक गरेको छ । पक्राउ पर्नेहरूमा भरतपुर महानगरपालिका १६ बस्ने ३१ बर्षिया बिनोद गुरुङ र २८ बर्षिया शसी कुँवर रहेको चितवन प्रहरीले जनाएको छ ।

उनीहरुले हिजो (बुधबार) बिहान भरतपुर महानगरपालिका १६ सानुगढीस्थित ज्ञानेश्वर सामुदायिक वनमा लामवद्ध रहेका १५ वटा टिप्परमाथि तोडफोड गरेका थिए । हातमा ढुङ्गामुढा बोकी अत्यावश्यक सवारी साधन दमकल समेतलाई अवरोध पुर्‍याउने कार्य गरेको भन्दै प्रहरीले पक्राउ गरेको बताइएको छ । पक्राउ परेकाहरु उपर हिरासतमा राख्न म्याद अनुमति लिई थप अनुसन्धान गर्ने कार्य भईरहेको चितवन प्रहरीले जनाएको छ ।

कोरोना महामारीका कारण चितवनमा निषेधाज्ञा जारी रहेको बेला जथाभावी रूपमा नदी उत्खनन् गर्दै अनावश्यक भिडभाड गरेको भन्दै स्थानीयवासी आक्रोशित बनेका थिए  ।  ज्ञानेश्वर सामुदायिक वनका अध्यक्ष राजन अधिकारीले भने, कोभिड–१९ को मौका छोपेर गरिएको उत्खननले भरतपुरका अधिकांश क्षेत्रमा टिप्पर आतंक फैलिएको भन्दै गाउँलेहरु स्वस्फूर्त रुपमा आएर ट्रकहरुमा तोडफोेड गरेको बताएका छन् ।


क्याटेगोरी : अपराध/सुरक्षा, विशेष, देश परदेश, समाचार, स्थानीय


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
24°
Partly Cloudy
5:32 am6:32 pm +0545