अईसोलेसनमा वेड खरिद गर्न सखुवासभा कम्युनिटी अफ युएसएको सहयोग

सखुवासभा कम्युनिटी अफ अमेरिका (युएसए)ले कोभिड–१९ आइसोलेसनलाई १२ लाख ५० हजार रुपैया उपलब्ध गराएको छ । खाँदबारी नगरपालिका–३ मानेभञ्ज्याङमा सञ्चालन गरिएको आइसोलेसनमा ५० वेड खरिदका लागि रकम हस्तान्तरण गरेको कम्युनिटीका जिल्ला संयोजक किरण कुमार शाक्यले जानकारी दिनुभयो ।
मानेभञ्ज्याङको कृषि बजारमा सञ्चालन गरिएको आइसुलेसनमा विरामी वेड खरिदका लागि कम्युनिटीले नगद सहयोग गरेको हो । सो रकम बाट २५ हजार रुपैयाँका दरले ५० वेड खरिद गरिएको जिल्ला समन्वय प्रमुख तथा अस्पताल व्यवस्थापन अध्यक्ष शाक्ले बताउनुभयो । संखुवासभामा जन्मीएर अमेरिकामा बसोवास गरिरहेका अमेरिकावासीबाट संकलित रकम कोभिड नियन्त्रणका लागि जिल्लामा पठाएको कम्युनिटीका अध्यक्ष शान्ति श्रेष्ठले जानकारी दिनुभयो । कोभिड नियन्त्रणका लागि पहिलो चरणमा सो रकम उपलब्ध गराएको हो । कम्युनिटीका जिल्ला संयोजकले आइसोलेसनलाई चेक हस्तान्तरण गराएका हुन् । कम्युनिटीले जिल्लामा परेको विपद्को समयमा सय अघि पनि विभन्न सहयोग गदै आएको छ ।
सो ५० वेडको आइसोलेसन जिल्ला अस्पताल र खाँदबारी नगरपालिकाले संयुक्तरुपमा निर्माण गरी बुधबार बाट सञ्चालनमा ल्याएको छ । हाल सम्म जिल्लामा १ सय ९० बेडको अईसोलेसन संचालनमा रहेको छ ।
क्याटेगोरी : विशेष, समाचार
ट्याग : ##कोभिड१९, #hot, #संखुवासभा, #सखुवासभा कम्युनिटी अफ अमेरिका (युएसए)
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्