Techie IT
आईतबार, वैशाख ७,२०८२

निषेधाज्ञाको समयमा पसल खोल्ने सात जना सञ्चालक पक्राउ


चितवन । चितवन प्रहरीले निषेधाज्ञाको समयमा पसल खोली ब्यवसाय सञ्चालन गरेको आरोपमा ७ जना पसल संचालक लाइ पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनले आज (बुधबार) विहान नारायणगढको कमलनगर, पुतलीबजार र पोखरा बसपार्क क्षेत्रमा जिल्ला प्रशासन कार्यालयको निर्देशनलाइ अवज्ञा गरी पसल संचालन गरेको आरोपमा सञ्चालकहरुलाइ पक्राउ गरेको जनाएको हो ।

कोरोना भाइरस (कोभिड १९) को संक्रमणलाइ रोक्न भन्दै जिल्ला प्रशासन कार्यालय चितवनले बैशाख १६ गतेदेखि जिल्लामा निषेधाज्ञा गर्दै आएको छ ।

दोस्रोपटक थपिएको निषेधाज्ञा भोलि (बिहीबार) सकिदै छ । यसैक्रम्मा, प्रशासनले तोके भन्दा छुट्टै समयमा ब्यवसायी सञ्चालनमा आउने गरेको गुनासोको आधारमा निगरानी बढाएको र सोही आधारमा नारायणगढ क्षेत्रका ७ जना पसल सञ्चालकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । पक्राउ परेका व्यवसायीहरुलाई अहिले वडा प्रहरी कार्यालय नारायणगढमा राखिएको छ ।

यता, प्रशासनले जारी गरेको निर्देशनलाइ अटेर गर्ने जोकोही भए पनि कार्वाहीको दायरामा ल्याएरै छाड्ने चितवन प्रहरीका प्रमुख (एसपी) ओम प्रसाद अधिकारीले जानकारी दिए ।


क्याटेगोरी : अपराध/सुरक्षा, विशेष, देश परदेश, समाचार


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
24°
Partly Cloudy
5:32 am6:32 pm +0545