माधवकुमार नेपालले अब नयाँ पार्टी गठन गर्ने

काठमाडौँ । विपक्षी गठबन्धनको पक्षमा उभिएका नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अब नयाँ पार्टी गठन गर्ने बताउनु भएको छ ।
एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीका कदमविरुद्ध आन्दोलनका लागि प्रतिपक्षी दलसँग सहकार्य गरेका नेपालसहितका ११ जनालाई स्पष्टीकरण सोधिएलगत्तै नेता नेपालको यस्तो भनाइ सार्वजनिक भएको हो ।
एक दैनिक पत्रिकालाई अन्तर्वार्ता दिँदै नेता नेपालले अब नयाँ पार्टी खोल्न लागेको खुलासा गर्नु भएको हो । एमाले फेरि फुटको दिशामा लागेको हो ? भन्ने प्रश्नमा नेता नेपालले भन्नु भएको छ, ‘केपी शर्मा ओलीले धकेलेर त्यतै पुर्याउँदै हुनुहुन्छ । अर्को पार्टी खोल्न बाध्य पार्दै हुनुहुन्छ ।’
साथै, नेता नेपालले पार्टी एकताका लागि गठन भएको कार्यदलको औचित्य पार्टी अध्यक्ष ओलीले नै सिध्याइदिनु भएको आरोप लगाउनु भएको छ । कार्यदल बनेपछि सल्लाह गरेर अघि बढ्नु पर्ने अवस्थामा ओलीले एक्लौटी गरेको उहाँको भनाइ छ । आफूहरू प्रतिनिधिसभा र लोकतन्त्र जोगाउन फेरि संघर्षमा उत्रने बताउँदै उहाँले भन्नुभयो, ‘त्यसैबाट कम्युनिस्ट पार्टी पनि जोगिने हो ।’
नेपाल पक्षको शनिबारको स्थायी कमिटी बैठकले ओलीको प्रतिगमनविरुद्ध राजनीतिक र कानूनी दुवै लडाइँमा जाने निर्णय गरेको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #माधवकुमार नेपाल
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्