Techie IT
आईतबार, वैशाख ७,२०८२

चितवन ट्राफिकको भवन शिलान्यास, भाडामा बस्नुपर्ने बाध्यता हट्ने बिश्वास


चितवन । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनको कार्यालय भवन शिलान्यास गरिएको छ ।

आज (शनिबार) जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख (एसपी) ओमप्रसाद अधिकारीले कार्यालय भवनको शिलान्यास गरेका हुन् । भवन शिलान्यास भएसंँगै झन्डै २२ बर्ष देखी भाडामा बसेर सेवा दिदै आएको प्रहरीको बाध्यता समेत अन्त्य हुने बिश्वास लिइएको छ ।

ट्राफिक प्रहरी कार्यालयको आफ्नै भवन नहुँदा प्रहरीले सास्ती खेप्नुपरेको थियो । भाडाको भवन त्यसैमाथि जीर्ण हुँदा कार्यालय सञ्चालनमा समेत समस्या हुने गरेको प्रहरीहरुको गुनासो छ । प्रहरी कार्यालय आफैं ब्यवस्थित नहुँदा प्रहरी आफैं दिक्क बन्दै आएका थिए । यतिसम्म कि कार्वाहीको सिलसिलामा विभिन्न स्थानहरूबाट ल्याइएको सवारीसाधन लाई समेत भवन अभावकै कारण सडकमा नै पार्किङ गर्नुपर्ने बाध्यता रहेको छ भने, मेस तथा बत्ती र ट्वाइलेटको समेत राम्रो व्यवस्था छैन ।

जिल्ला प्रहरी कार्यालय परिसरमा बन्ने यो भवन ६ कोठाको रहने जनाइएको छ । जिल्ला प्रहरी कार्यालयको पछाडि पट्टी ६ कोठाको कार्यालय भवन बनाउने गरी शिलान्यास गरिएको उक्त भवन बजेट अभावले अहिले तत्काल डीपीसी मात्र गर्ने तयारीमा रहेको (एसपी) अधिकारीले बताए । उनले पर्याप्त स्रोतसाधनको अभावले नै ट्राफिक प्रहरीलाई समस्या हुने गरेको बताए ।


क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार, स्थानीय


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
24°
Partly Cloudy
5:32 am6:32 pm +0545