सार्वजनिक खरिद प्रक्रिया अघि बढाइएकामा निर्माण व्यवसायी महासङ्घको विरोध

कोभिड–१९ का कारण दैनिक मानवीय क्षति बढ्दै गइरहेको परिस्थितिमा महामारीसँग सम्बन्धित खरिद प्रक्रियाबाहेक निर्माणका सार्वजनिक खरिद प्रक्रिया अघि बढाइएकामा नेपाल निर्माण व्यवसायी महासङ्घले विरोध जनाएको छ ।
जनताको स्वास्थ्यमा ध्यान नदिई सङ्घीय, प्रदेश तथा स्थानीय सरकारका विभिन्न कार्यालबाट खरिद प्रक्रिया अघि बढाइनु स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तोकेको मापदण्डविपरीतको गैरजिम्मेवार कार्य भएको महासङ्घको भनाइ छ ।
राज्य आफँैले जारी गरेको निषेधाज्ञाको आदेशविपरीत जटिल अवस्थामा बोलपत्र आह्वान गरी महामारीकै समयमा निर्माण व्यवसायीलाई काममा सहभागी गराउन खोज्नु न्यूनतम मानवअधिकार र मानवीय संवेदनशलीताको उल्लङ्घन भएको महासङ्घका महासचिव रोशन दाहालले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।
निषेधाज्ञाको समयमा बैंक जमानत जारी गर्न नमिल्ने गरी आएको बैंकहरूको सूचनाले बोलपत्रको प्रक्रियामा व्यवसायी सहभागी हुनै नसक्ने अवस्था जगजाहेर हुँदाहुँदै बोलपत्रको सूचना प्रकाशन गर्नुको पछाडि आर्थिक आर्थिक मिलोमतो भएको हुनसक्ने देखिएको महासङ्घको भनाइ छ ।
बोलपत्र प्रकाशित भएपछि सम्बन्धित ‘साइट भिजिट’ गर्नु अनिवार्य हुने र हाल जारी निषेधाज्ञाका कारण ‘साइट भिजिट’ गर्न सक्ने अवस्था नै नरहेको विज्ञप्तिमा उल्लेख छ । ‘‘बोलपत्र प्रकाशित गर्ने सार्वजनिक निकायले बीचमा ‘प्रिबिड मिटिङ’ राख्नुपर्नेमा राख्न नसक्ने अवस्था विद्यमान हुँदाहुँदै बोलपत्र प्रक्रियामा जानु सार्वजनिक खरिद ऐन तथा नियमको ठाडो उल्लघङ्न भएको स्पष्ट छ”, विज्ञप्तिमा लेखिएको छ ।
सार्वजनिक खरिद अनुगमन कार्यालयलगायत सरकारी निकायले आर्थिक वर्षको अन्तिममा बजेट ‘ल्याप्स’ हुने आशङ्काले बोलपत्रको म्याद थप नगर्ने कार्यउपर पनि गम्भीर आपत्ति रहेको महासङ्घले जनाएको छ ।
महामारीको समयमा लोक कल्याणकारी राज्यले जनताको जीउधनको सुरक्षामा ध्यान दिनुपर्नेमा सार्वजनिक खरिदका लागि बोलपत्र आह्वान गर्नै नहुने महासङ्घको ठहर छ ।
अधिकांश सार्वजनिक निकाय र स्थानीय तहबाट बोलपत्र प्रक्रिया अघि बढाइरहेको सूचना महासङ्घलाई प्राप्त भएको विज्ञप्तिमा जनाइएको छ ।
निषेधाज्ञा अवधिभरका लागि खरिद प्रक्रिया स्थगन गर्न र उक्त बोलपत्र पेश गर्ने म्याद निषेधाज्ञा समाप्त भएको मितिले कम्तीमा १५ दिनसम्मका लागि अत्यावश्यक सेवाबाहेकका सबै खरिद प्रक्रियाको म्याद थप गर्न महासङ्घले सम्बन्धित सबैमा जोडदार माग गरेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #निर्माण व्यवसायी महासङ्घ
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्