Techie IT
बुधबार, माघ २३,२०८१

नगर प्रमुख आफैं खटिए अक्सीजन कन्सनट्रेटर मेसिन संकलन कार्यमा


३ जेठ, काठमाडौं । टोखा नगरपालिकाको नगर प्रमुख प्रकाश अधिकारीको सक्रियतामा ३ थान अक्सीजन कन्सनट्रेटर मेसिन प्राप्त गर्न नगरपालिका सफल भएको छ । नगर प्रमुखले कोरोना महामारी नियन्त्रणमा सक्रियतापूर्वक खटिएको कामलाई सम्मान गर्दै बैंकले सहयोग गरेको हो ।

टोखा नगरपालिकाले चण्डेश्वरीको प्रादेशिक अस्पताललाई निरन्तर सञ्चालन गर्नका लागि आवश्यक उपकरणहरु किन्ने र सहयोग लिने कामलाई प्राथमिकता दिँदै आएको छ । आज प्रदेस अस्पताल चण्डेश्वरीका लागि एनआइसी एशिया बैंक केन्द्रीय कार्यालय सिइओ रोशन कुमार न्यौपानेले नगर प्रमुख प्रकानश अधिकारीलाई तीन थान कन्सनट्रेटर मेसिन हस्तान्तरण गरेका छन् । आजै उक्त सामानलाई चण्डेश्वरी आइसोलेशनका अनडिउटीका स्वास्थ्यकर्मीलाई नगर प्रमुखले हस्तान्तरण गरिसकेको कुरा नगर प्रवत्ता बच्चु राज बस्यालले बताउनुभयो ।

कोभिड १९ महामारीलाई ध्यानमा राखेर टोखा नगरपालिकाले स्वास्थ्य सामाग्री संकलन र अक्सीजन प्लाण्ट राख्ने कामलाई प्राथमिकता दिइरहेको छ । केही दिनअघि नगर उपप्रमुख ज्ञानमायाँ डंगोलले “सेभ द चिल्ड्रेन” नामक आइएनजीओबाट ६ लाख ५० हजारको उपकरणहरु लिई प्रदेस अस्पतालमा हस्तान्तरण गर्नुभएको थियो ।


क्याटेगोरी : ब्रेकिंग न्युज, समाचार


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
15°
Fair
6:46 am5:48 pm +0545