हत्यामा संलग्न रहेको आरोपमा महिला पक्राउ

चितवन । हत्यामा संलग्न रहेको आरोपमा चितवनमा प्रहरीले एक जना महिलालाई पक्राउ गरेको छ । शारीरिक सम्बन्ध राख्ने क्रममा ईच्छाकामना गाउँपालिका ५ मा रहेको तीन नम्वर पुलबाट सोही ठाउँ बस्ने ६५ बर्षका गोपी प्रजालाइ अन्दाजी ५० मिटर तल खोल्सामा फाल्ने अन्दाजी ४५ बर्षीया काईली भन्ने सर्किना चेपाङलाई ईलाका प्रहरी कार्यालय मुग्लिङले पक्राउ गरेको हो ।
गएको बैशाख ३१ गते राती सवा आठ बजे टाउकोमा चोट लागी मृत अबस्थामा फेला परेको गोपीका बिषयमा अनुसन्धान गर्न ईलाका प्रहरी कार्यालय मुग्लिङबाट प्रहरी निरीक्षक सुर्य राना आफैं खटिएका थिए । अनुसन्धानको नेतृत्व गरेका प्रहरी निरीक्षक रानाले घटना शंकास्पद देखिएकोले सुक्ष्मरुपले अनुसन्धान गर्दै जाने क्रममा सर्किना चेपाङलाई ईच्छाकामना गाउँपालिका वडा नंम्बर ५ स्थित घर नजिकैबाट पक्राउ गर्न सफल भएको हो ।
जेठ १ गते पक्राउ परेका चेपाङमाथि अनुसन्धान गर्ने क्रम्मा मृतक गोपी प्रजाले शारीरिक सम्बन्ध राख्ने प्रस्तावमा अस्विकार गर्दा प्रतिकार स्वरुप आफ्नु साथमा रहेको खुर्पाले टाउकोमा प्रहार गरी गम्भीर घाइते बनाइ छोडि गएको भन्ने प्रारम्भिक रुपमा बताए पनि प्रहरीले यस बिषयमा थप अनुसन्धान गरिरहेको जनाएको छ । उनको साथबाट घट्नामा प्रयोग गरिएको फलामले धारिलो घरेलु हतियार खुर्पा समेत प्रहरीले बरामद गरेको छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार, स्थानीय
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्