मोटरसाइकल चोरी गरेको आरोपमा तीन जना पक्राउ

चितवन । चितवन प्रहरीले मोटरसाइकल चोरी गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर १९ बस्ने प्रेम सिंह तामाङले आफ्नै घर अगाडीको बरन्डामा पार्किङ गरिराखेको अवस्थामा मोटरसाइकल हराएको भनी प्रहरीमा निवेदन दिएपछि जिल्ला प्रहरी कार्यालय चितवन र प्रहरी बिट कृष्णपुरबाट खटिएको प्रहरीको टोलीले गैडाकोट नगरपालिका ७ गैह्रीटोल स्थाथी घर भई भरतपुर महानगरपालिका ५ मा डेरा गरी बस्ने २८ बर्षीया दुर्गा पौडेल, गैडाकोट नगरपालिका ९ थम्सी बस्ने २० बर्षिया सन्दिप आले र भरतपुर महानगरपालिका १९ शारदानगर बस्ने २० बर्षकै आकास तामाङलाइ पक्राउ गरेको हो ।
उनीहरुलाइ बैशाख २८, २९ र ३० गते छुट्टाछुट्टै स्थानबाट पक्राउ गरिएको चितवनका प्रहरी प्रमुख ओम प्रसाद अधिकारीले जानकारी दिए । (एसपी) अधिकारीका अनुसार अनुसन्धान एवं खोजतलास गर्ने क्रम्मा बैशाख २८ गते भरतपुर १९ शारदानर बस्ने २० बर्षीया आकास तामाङलाई नियन्त्रणमा लिई सोधपुछ गर्ने क्रममा उनको गैंडाकोट ७ गैह्रीटोल स्थायी घर भई भरतपुर ५ गुम्वाटोलमा डेरा गरी बस्ने अन्दाजी २८ बर्षिया दुर्गा पौडेलको कोठामा लुकाइछिपाई राखेको अवस्थामा हराएको उक्त मोटरसाइकल बरामद गर्न सफल भएका हौं ।
मोटरसाईकल बरामद गरी सोधपुछ गर्दा उक्त घटनामा संलग्न सोही ठाउँको थुम्सी बस्ने बर्ष २० को सन्दिप आलेको समेत संलग्नता रहेको खुलेपछि उनलाई समेत नियन्त्रणमा लिई थप अनुसन्धान गर्ने कार्य भईरहेको छ, (एसपी) अधिकारीले भने ।
क्याटेगोरी : अपराध/सुरक्षा, विशेष, देश परदेश, समाचार, स्थानीय
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्