ल्हासाबाट काठमाडौँ महानगरपालिकालाई चार थान भेन्टिलेटर सहयोग

कोभिड–१९ को सङ्क्रमण नियन्त्रणमा सहयोगका लागि काठमाडौँ महानगरपालिकालाई ल्हासा नगरले चार थान भेन्टिलेटर सहयोग गरेको छ । कामपासँग भगिनी सम्बन्ध भएको चीनको ल्हासा नगरले भिजी–७० मोडलका चार थान भेन्टिलेटर सहयोगस्वरूप पठाएको हो ।
गएको वर्षको महामारीमा पनि उक्त नगरले कामपालाई केही स्वास्थ्य सामग्री उपलब्ध गराएको थियो । त्यस्तै सडक सफाइमा प्रयोग हुने ब्रुमर यन्त्र पनि प्राप्त भएका छन् । उक्त यन्त्र पनि हाल प्रयोगमा रहेका छन् । भेन्टिलेटर बुझिसकेपछि प्रतिक्रिया दिँदै कामपाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले भन्नुभयो, “काठमाडौँका नागरिकका तर्फबाट हामी ल्हासा नगर र त्यहाँका नागरिकप्रति आभार प्रकट गर्दछौँ ।”
ज्ञवालीका अनुसार प्राप्त सामग्री कसरी उपयोगमा ल्याउने भन्ने विषयमा छिट्टै निर्णय हुनेछ । भगिनी सम्बन्ध भएका चीनका अन्य नगरले पनि महामारीको समयमा सघाउने इच्छा व्यक्त गरेको कामपाले जनाएको छ । जापानको मात्सुमोतो, कोरियाको सउल महानगरलगायत भगिनी सम्बन्ध भएका नगर र सिटी नेटलगायत संस्थागत सदस्यता लिएका सञ्जालले महामारीसँग जुध्न सघाउने उपकरण उपलब्ध गराउने इच्छा देखाएका छन् ।
यद्यपि हवाई यातायात सञ्चालन नभएका कारण सामान ल्याउन कठिन हुने भएको छ । सहयोगस्वरूप प्राप्त भेन्टिलेटरको मूल्य रु एक करोड ५० लाख रहेको छ । उक्त सामग्री वैशाख ३१ गते कामपामा आइपुगेको हो ।
उक्त प्राप्त सामग्रीमा ‘हामी हिमाल र नदीले जोडिएका छौँ । हाम्रो मित्रता सधैँ रहिरहनेछ’ र ‘ल्हासा र काठमाडौँको मित्रता दिगो रहिरहन्छ’ भनी लेखिएको छ । कामपाले १८ वटा अन्तर्राष्ट्रिय नगरसँग भगिनी सम्बन्ध स्थापित गरिसकेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #काठमाडौं महानगर
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्