ओलीको अठोट : महामारीको बेला नाजायज फाइदा लिन खोज्ने कसैलाई पनि छाडिन्न

बैशाख ३१ । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले देश र जनताप्रति चिन्तित हुने बेलामा जनतामा अन्यौल र निराशा पैदा गराउने गतिविधि गर्नु अत्यन्तै घातक हुने बताउनु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आज बहालीपछि मन्त्री र सचिवहरुलाई निर्देशन दिंदै प्रधानमन्त्री ओलीले यस्तो बताउनु भएको हो ।
‘यतिबेला कोरोनाका विरुद्ध एकजुट भएर लड्नु पर्ने बेला हो । यस्तो बेला आफूले प्रयास गर्नु त कता हो कता ? सरकारका प्रयासलाई पनि विफल पारेर जनतामा निराशा पैदा गराउने काम घातक हो,’ प्रधानमन्त्री ओलीले भन्नुभयो । कोरोना महामारीका बेला भ्रष्टाचारमा संलग्न जो कसैलाई पनि नछाडने घोषणा पनि प्रधानमन्त्री ओलीले गर्नुभयो । मानव जगत नै संकटमा परेको बेला नजायज ढंगले फाइदा लिन खोज्ने जो सुकैलाई पनि माफी दिन नसकिने उहाँको भनाई थियो ।
‘मानव जातीको अस्तिव नै कोभिडको कारणले संकटमा परेको बेलामा यसको रोकथाम, उपचार उपकरण खरिदमा नाजायज फाइदा लिन खोज्नेलाई कारबाही हुन्छ, कसैलाई छाडिन्न,’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘सरकारका विभिन्न निकायले स्वास्थ्य सेवा उपलब्ध गराउने सन्दर्भमा विमारी अथवा सम्बन्धित परिवार आफन्त कसैबाट पनि अनाधकृत लाभ लिन खोज तिनीहरु काबाहीका भागिदार हुनेछन ।’ केहीबेर अघि शपथमा प्रयोग भएका शब्दको स्मरण गर्न निर्देशन दिंदैं प्रधानमन्त्री ओलीले शपथका ती शब्द व्यबहारमा अक्षरश पालना गर्न पनि मन्त्रीहरुलाई निर्देशन दिनुभयो ।

‘नेपाली जनताको सम्पतीको हरेक पैसा सही ठाउँमा सदुपयोग हुनुपर्दछ । मेहनत र पसिनाको हरेक थोपा सही ठाउँमा खस्नु पर्दछ, हाम्रो बुद्धी, ज्ञान र क्षमता सही ढंगले सही ठाँउमा प्रयोग हुनुपर्दछ,’ उहाँको भनाई थियो । सरकारले आजका चुनौति र भोलीका अभिभारा पुरा गर्ने सन्दर्भमा कुनै असर बाँकी नराख्ने अठोट पनि उहाँले गर्नुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #ओली
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्