Techie IT
आईतबार, वैशाख ७,२०८२

चितवनमा नक्कली पत्रकार पक्राउ


चितवन । चितवनमा नक्कली पत्रकार पक्राउ परेका छन् । पक्राउ पर्नेमा गैंडाकोट नगरपालिका ५ बस्ने २२ बर्षिया बिजय लामिछाने रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

चितवनका प्रहरी प्रमुख (एसपी) ओम प्रसाद अधिकारीका अनुसार आज (बिहीबार) दिउँसो १२ बजे भरतपुर महानगरपालिका ३ स्थित पुल्चोकमा ड्युुटीमा खटिएका प्रहरीको टोलीले सवारी चेकजाँच गर्ने क्रम्मा लामिछानेले आफु पत्रकारको रिपोर्टर हुँ भन्दै नक्कली प्रेस कार्ड देेेखाएपछि उनलाई प्रहरीले पक्राउ गरेको बताए ।

आज दिउँसो पुल्चोकमा खटिएको प्रहरीको टोलीले सवारी चेकजाँच गर्ने क्रममा उनलेे आफु पत्रकारको रिपोटर हुँ भन्दै प्रहरीको टोलीलाई आफुसंग भएको प्रेस रिपोटरको परिचय पत्र देखाएकोमा शंका लागी सोधपुछ गर्दा आफु कुनै रिपोटर नभएको भनी स्विकार गरेपछि उनलाई पक्राउ गरिएको हो ।

(एसपी) अधिकारीले भने, पक्राउ परेका उनको साथबाट बिजय लामिछाने रिपोटर लेखेको प्रेस कार्ड समेत बरामद भएको छ । उनीमाथि थप अनुसन्धान गर्ने कार्य भईरहेको चितवन प्रहरीले जनाएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले लगाएको निषेधाज्ञाको क्रम्मा चितवन प्रहरीले जिल्लाको सुरक्षा ब्यवस्था कडा बनाउँदै गएको छ ।


क्याटेगोरी : अपराध/सुरक्षा, विशेष, देश परदेश, समाचार, स्थानीय


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
24°
Partly Cloudy
5:32 am6:32 pm +0545