Techie IT
आईतबार, वैशाख ७,२०८२

छिमेकीलाई पेट्रोल छर्की आगो लगाएर फरार रहेका साह प्रहरीको फन्दामा


सर्लाही। सर्लाहीको ईश्वरपुर नगरपालिका–१२ घारीबथानमा भएको हत्याको आरोपित सोही वडाका अन्दाजी ३५ वर्षीय शिवजी साहलाई प्रहरीले पक्राउ गरेको छ । आरोपित शाहालाइ नेपाल–भारत सीमा क्षेत्रबाट पक्राउ गरेको इलाका प्रहरी कार्यालय बेशरगञ्ज, वयलबासका प्रहरी निरीक्षक जनकराज ढुङ्गानाले बताए ।

घारीबथानका ५८ वर्षीय शियाशरण रायलाई पेट्रोल छर्की आगो लगाएर हत्या गरेको आरोपमा साहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक सन्तोष सिंह राठौरले बताए । उपरिक्षक राठौरका अनुसार यही वैशाख २० गते घरअगाडिको आँपको बगैँचामा बसिरहेका रायको शरीरमा पेट्रोल छर्की आगो लगाएर फरार भएको साहमाथि आरोप छ ।

शरीरको अधिकांश भाग जलेर गम्भीर घाइते भएका रायलाई तत्कालै उपचारका लागि धनुषाको लालगढ मोडल अस्पताल लगिएको थियो । त्यहाँबाट थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौँको कीर्तिपुर अस्पताल लगेर उपचार गराउने क्रममा रायको वैशाख २१ गते मृत्यु भएको थियो ।


क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
ट्याग : ##hot #विद्यार्थी नियमित, ##पेट्रोल छर्की आगो लगाए, ##शिवजी साह


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
26°
Partly Cloudy
5:32 am6:32 pm +0545