अमेरिकामा गोलि प्रहारबाट संखुवासभाका सागर घिमिरेको मृत्यु

अमेरीकी नागरिकले चलाएको अन्धाधुन्ध गोली प्रहारबाट सङखुवासभा खाँदबारी नगरपालिका ६ का सागर घिमिरेको मृत्यु भएको छ । अमेरिकाको बाल्टिमोरमा शनिबार एक व्यक्तिले गरेको आगजनी र अन्धाधुन्ध गोली प्रहारमा घिमिरेको ज्यान गएको हो ।
प्रहरीका अनुसार ५६ वर्षीय एभर्टन ब्राउनले आफ्नो घरमा आगो लगाएपछि अन्धाधुन्ध गोली चलाएका थिए। घटनामा नजिकैको घरमा बस्ने संखुवासभाको खाँदबारी स्थायी घर भएका २७ वर्षीय सागर घिमिरेको ज्यान गएको हो । घटनामा अन्य तीन जनाको पनि ज्यान गएको छ । प्रहरी कारबाहीमा पछि ब्राउन मारिएका थिए । घिमिरे केहि समय अघिमात्र साउथ क्यारोलाइना स्थित क्लाफ्नि युनिभसिटिबाट कम्प्युटर साइन्समा स्नातक गरेको मृतक घिमिरेका सहोदर काका कप्तान घिमिरेले बताए ।
मृतक घिमिरे नेपालीको घरमा बस्दै आएका थिए । घर जले पछि घरमा भएको सामान निकालेर गाडीमा राख्दै गर्दा घिमिरेलाई गोली लागेको बाल्टिमोर एशोसियसन अफ नेपलिज अमेरीकाका पूर्वमहासचिव तथा पत्रकार गौतम दाहालले बताए ।
चार वर्षअघि अमेरिका गएका सागरले केही समयअघि मात्र स्नातकको पढाइ सकेका थिए । उनले छात्रवृत्तिमा क्लाफिन युनिभर्सिटीमा पढेका थिए । सागरका दाजु र बुबा खाँदबारीमा बस्छन् । आमाको केही समयअघि मृत्यु भएको थियो। दाजु अशक्त छन् ।
क्याटेगोरी : समाचार, देश परदेश
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्