Techie IT
आईतबार, वैशाख ७,२०८२

एमालेको स्थायी कमिटी आकस्मिक बैठक बालुवाटारमा


काठमाडौं, २३ वैशाख । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आकस्मिक स्थायी कमिटी बैठक बोलाएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्न लागेको हो । आगामी वैशाख २७ प्रधानमन्त्रीले लिने विश्वासको मत, आगामी वैशाख ६ गते हुने वागमतीको राष्ट्रियसभा सदस्य निर्वाचन लगायतका विषयमा छलफल गर्न बैठक बोलाइएको हो ।

माधव नेपाल पक्षले राष्ट्रियसभा उपनिर्वाचनमा कांग्रेस माओवादी सहितका अन्य दलसँग गठबन्धन गरेर अलग्गै उम्मेदवार उठाउन लागेको सन्दर्भमा एमाले बैठक बस्न लागेकाले थप कारवाहीको सम्भावना पनि रहेको छ ।

एमाले केन्द्रीय कमिटीले कारवाही लगायतका निर्णय गर्ने जिम्मा स्थायी कमिटीलाई दिएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #एमालेको स्थायी कमिटी


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
21°
Fair
5:32 am6:32 pm +0545