Techie IT
आईतबार, वैशाख ७,२०८२

भण्डाराका प्रहरी प्रमुख गिरीको एक्सन : लागूऔषध (गाँजा) सहित एक जना पक्राउ


चितवन । चितवन प्रहरीले अवैध लागूऔषध (गाँजा) सहित एक जनालाई पक्राउ गरेको छ ।

पुर्वी चितवनको राप्ती नगरपालिका ४ स्थित सुन्दरबस्तीमा स्थानीय डोलराज खरेलले आफ्नु कोठामा लागूऔषध (गाँजा) संचय गरी बिक्री बितरण गर्ने गरेको भन्ने गोप्य सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय भण्डाराबाट खटिएको प्रहरी निरीक्षक राजीव गिरीको कमान्डको विशेष टोलीले उनलाई दुइ किलो ४५० ग्राम अवैध लागूऔषध (गाँजा) सहित (सोमबार) पक्राउ गरेको हो ।

चितवनका प्रहरी प्रमुख (एसपी) ओम प्रसाद अधिकारीका अनुसार प्रहरीलाई सूचना प्राप्त भएपछि प्रहरी अधिकृतको टोली निजको घरमा गएको र त्यहाँबाट निज सुत्ने खाटको डसना मुनी स-साना प्लाष्टिकमा पोका पारी राखेको अबस्थामा प्रतिबन्धित लागूऔषध (गाँजा) जस्तो दखिने चिजबस्तु फेला परेको बताए ।

साथै, उनलेे घरको दक्षिणतर्फ रहेको चर्पी नजिकै प्लाष्टिकको बोरामा लागूऔषध गाँजा जस्तो दखिने चिजबस्तु फेला परेकोले यसबारे थप अनुसन्धान गर्ने कार्य भइरहेको बताए । पक्राउ परेका खरेल उपर आवश्यक कार्वाहीका लागी ईलाका प्रहरी कार्यालय खैरहनीमा पठाइएको छ ।


क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार, स्थानीय


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
24°
Partly Cloudy
5:32 am6:32 pm +0545