Techie IT
आईतबार, वैशाख ७,२०८२

आजदेखि थपियो काठमाडौं उपत्यकामा एकहप्ता निषेधाज्ञा


२२ वैशाख । काठमाडौं उपत्यकामा आज बुधबारदेखि एकहप्ता निषेधाज्ञा थपिएको छ ।

कोरोना भाइरस संक्रमणको जोखिम बढ्दो क्रममा रहेकाले काठमाण्डौमा एक हप्ता निषेधाज्ञा थपिएको हो ।

काठमाडौंमा निषेधाज्ञा थप कडाइसहित वैशाख २९ गते राति १२ बजेसम्मका लागि लम्ब्याइएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए ।

तरकारी र खाद्यान्नका पलसहरू बुधबारदेखि बिहान ९ बजेसम्म मात्रै सञ्चालन गर्न पाइने प्रमुख जिल्ला अधिकारी पराजुलीले बताएका छन् ।

काठमाडौं उपत्यका बाहिर जानका लागि सम्बन्धित पालिकाले अनिवार्य १० दिनको क्वरेन्टिनमा राख्ने प्रतिबद्धतासहितको सिफारिस आवश्यक पर्ने भएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #निषेधाज्ञा


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Fair
5:31 am6:33 pm +0545