Techie IT
शनिबार, वैशाख ६,२०८२

खोलाले बगाएर दुई जनाको मृत्यु


खोलाले बगाएर जाजरकोटमा आज दुई जनाको मृत्यु भएको छ ।

मृत्युहुनेमा जाजरकोट जुनिचाँदे गाउँपालिका–४ लुहादहका ६ वर्षीय महेश चदारा रहेको छ । अभिभावकसँग घरबाट कोर्ताङ जाने क्रममा बडा खोलाले बगाई उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

यसैगरी भेरी नगरपालिका–१ डौरीकाँडाकी १५ वर्षीया पुष्पा चदाराको दारखोलाले बगाई आज मृत्यु भएको छ । मिलमा मकै पिसाउन जाँदा दारखोला तर्ने क्रममा खोलाले बगाई उनको मृत्यु भएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #खोलाले बगाएर


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Partly Cloudy
5:33 am6:31 pm +0545