Techie IT
आईतबार, वैशाख ७,२०८२

बालुवाटारमा एमाले स्थायी कमिटीको आकस्मिक बैठक


काठमाडौं, १९ वैशाख । सत्तारुढ दल नेकपा एमाले स्थायी कमिटीको आकस्मिक बैठक प्रधानमन्त्री निवास बालुवाटारमा शुरू भएको छ ।

कोरोना भाइरसको बढ्दो सङ्कटका साथै पछिल्लो राजनीतिक घटनाक्रमहरुबारे छलफल गर्न स्थायी कमिटी बैठक बसेको बताइएको छ ।

पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आजै साँझ मन्त्रिपरिषद्को बैठक पनि बोलाएका छन् । उक्त बैठकअघि पार्टी स्थायी कमिटी बैठक बसिरहेको हो ।


क्याटेगोरी : समाचार
ट्याग : #एमाले स्थायी कमिटी


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Fair
5:32 am6:32 pm +0545